९ पुष २०८२ ११:५४
९ पुष २०८२ ११:५४
रुकुमबाट पार्टी मुख्यालय पेरिस डाँडा सम्म पैदल यात्रा सुरु गरेका केशव रावल कास्की पुग्दा प्रचण्डले फोन आएपछि झन् दौडिन सुरु गरेका छन् । राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले राष्ट्रिय झणडा, कम्युनिस्ट पार्टीको हँसियाहथौडा अंकित झण्डा ,पार्टीको चुनाव चिन्ह पाँच कुने तारा बोकेर पैदल यात्रा सुरु गरेका रुकुमका केशव रावलले आज नवौं दिनको यात्रा सुरु गरेका छन् । रुकुम पूर्वबाट सुरु गरिएको उनको पैदल यात्रा आज पोखराबाटै नवौं दिनको यात्रा सुरु गरेका छन् । उनले यात्राको क्रममा विभिन्न ठाउँका स्थानीय बासिन्दा, जनप्रतिनिधि, पार्टी शुभचिन्तक लगायतको स्वागत, सत्कार र शुभकामनाले आफ्नो यात्रा अझै सशक्त बनेको उनको भनाइ छ…