Skip to main content

Yug Post

प्रमुख समाचार

पिके क्याम्पस काठमाडौमा भूपेश्वरी ऐर नेतृत्वको प्यानलै विजयी

पिके क्याम्पस काठमाडौमा भूपेश्वरी ऐर नेतृत्वको प्यानलै विजयी

काठमाडौं :  पद्मकन्या क्याम्पस (पीके)मा स्ववियु निर्वाचनमा नेविसंघबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै विजयी भएको छ। अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन् । उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी ) र नेकपा निकट विद्यार्थी संगठनको तालमेल गरेर चुनावमा भाग लिएका थिए । उनीहरुले पनि जित्ने अनुमान गरिए पनि मतपरिणाम अत्यन्तै न्युन आएको छ।
Read More
माओवादी केन्द्रले त्रिवेणी गाउँपाली स्तरीय स्कुलिङ सुरु गर्‍यो

माओवादी केन्द्रले त्रिवेणी गाउँपाली स्तरीय स्कुलिङ सुरु गर्‍यो

नेकपा (माओवादी केन्द्र ) रोल्पाले प्रत्येक गाउँ पालीकामा रहेका आफ्ना कार्यकर्तालाई दुई दिने स्कुलिङ संचालन गरिरहेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ। हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा स्कुलिङ रुन्टिगडी गाउँपालिकामा ५ र ६ गते संचालन गरिसकेको छ। ७ र ८ गते त्रिवेणी गाउँपालिकामा संचालन गर्ने कार्यतालिका अनुसार आज त्रिवेणी गाउँपालीकाको केन्द्र नेर्पामा पालीकाको सभा हलमा भैरहेको छ। यस स्कुलिङमा स्थानीय तहका पुरै कमिटी ,वडाका अध्यक्षसम्म र पालिकामा रहनुभएका प्रदेश समिति सदस्य ,प्रदेश परिषद…
Read More
उपचुनाव र स्ववियु चुनावको मतले माओवादी बलियो हुँदै गएको पुष्टि

उपचुनाव र स्ववियु चुनावको मतले माओवादी बलियो हुँदै गएको पुष्टि

काठमाडौ - मिनिजनमतसंग्रह रुपमा हेरिने उपचुनाव र स्ववियु चुनावमा माओवादी बलियो हुँदै गएको देखाएको छ। माओवादी केन्द्र केहि महिना अगाडी सम्पन्न स्थानीय तहको उपचुनाबमा बलियो घोषणा गरेको थियो । भने अर्को मिनिजनमत परिक्षणको रुपमा हेरिने चैत ५ गते सम्पन्न स्ववियु चुनावमा पनि बलियो स्थापित गरेको छ। स्ववियु परिणाम घोषणा भैरहदा माओवादी को विद्यार्थी संगठनले आफुलाई निकै सुधार गरेको छ।बुधबार साँझसम्म २९३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा नेविसंघले ११३, अनेरास्ववियुले ९१ र क्रान्तिकारीले ८१ क्याम्पसमा नेतृत्व जितेका छन् । जबकि ०७९ मा ३५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए । सबैभन्दा बढी अनेरास्ववियु खुम्चिएको…
Read More
नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

स्ववियु अपडेट, पाल्पा - त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल( क्रान्तिकारी) विजयी भएको छ। अखिल( क्रान्तिकारी)का मिलन घर्तीमगरले विजय प्राप्त गरेपछि ३० वर्षदेखिको कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ को किल्ला भत्किएको छ। मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले…
Read More
देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

काठमाडौ - स्ववियु चुनावको मत परिणामहरु घोषणा भइरहदा अखिल (क्रान्तिकारी) ७१ स्थानमा विजयी भएर पहिलो संगठन भएको छ। उपत्यका भित्रको देशै ठुलो शिक्षा क्याम्पस सानोठिमी क्याम्पस भक्तपुरमा अखिल क्रान्तिकारी का नरेन्द्र सिंह ठगुन्नाको प्यानल ,बिराटनगरको नर्सिङ क्याम्पस मा क्रान्तिकारीकै रोहित ताचुरिया प्यानलै , कोसि प्रदेशकै ठूलो डिग्री क्याम्पसमा प्रीतम शाह को प्यनलै , सल्यानको जनकल्याण क्याम्पसमा गणेश ओलीको प्यानलै विजयी भएका छन् । जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन्। यो समाचार तयार पार्दा सम्म मुलुक…
Read More
रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

५ चैत २०८१,टेक मगर / रोल्पा नमूना क्याम्पस परिवर्तन रोल्पाको समानुपातिक मत गणना सकिएको छ। रोल्पा नमुना क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल समाजवादी निर्वाचित भएका छन्। रोल्पा नमुना क्याम्पस परिवर्तन गाउँपालिका ५ नम्बर वडामा अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्। समाजवादीका पुरै च्यानल विजय भएको छ। अध्यक्षमा चुडामणि केसी ७१ मत लिएका छन् । जम्मा मतदाता १२८ मध्य ११७ मत खसेको थियो। ११७ मत मध्य ४ वटा मतपत्र बदर भएको बताइएको छ। अखिल (समाजवादी) ले ६८ मत पाएको थियो। अखिल क्रान्तिकारीले ३९ मत, अनेरास्ववियु ले ३ मत, ने वि संघले १ मत, शान्तिप्रेमी समूहले १ मत र भ्रष्टाचार…
Read More
जनमुक्तिसेना बसेको स्थान तिलामा माओवादी क्षेत्रीय भेला हुँदै

जनमुक्तिसेना बसेको स्थान तिलामा माओवादी क्षेत्रीय भेला हुँदै

टेक मगर , रोल्पा - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति १ (ख) रोल्पाद्वारा आज त्रिवेणी गाउँपाली ७ को तिलामा आज भेला तथा प्रशिक्षण कार्यक्रम संचालन हुँदै छ। कार्यक्रममा अतिथिहरुपूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरा, पुर्व लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन ‘सिजल’, प्रदेशसभा सदस्यहरू, प्रदेश सल्लाहकारहरू, पालिका सल्लाहकारहरू लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने आयोजकले बताएको छ। कार्यक्रममा रुन्टिगडी ,त्रिवेणी ,माडी ,परिवर्तन र थवाङ गाउँपाली कमीटीका पदाअधिकारीहरुको सहभागी हुनेछ । जसबाट प्रदेश निर्वाचन क्षेत्रको कमिटी निर्माण हुनेछ । माओवादी शान्तिकालमा प्रवेश गरेपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन रोल्पामा बसेको थियो । तिलामा जनमुक्ति सेना बसेको…
Read More
रोल्पामा केही हप्ता अगाडी मात्र  संचालनमा आएको क्याम्पसमा स्ववियु चुनाव हुँदै

रोल्पामा केही हप्ता अगाडी मात्र संचालनमा आएको क्याम्पसमा स्ववियु चुनाव हुँदै

टेक मगर ,रोल्पा - रोल्पा जिल्लामा फागुन ३ गते मात्र उद्घाटन भएको क्याम्पस रोल्पा नमुना क्याम्पसमा चैत्र पाँच गते हुन लागेको स्ववियु चुनाव हुँदै छ। निर्वाचनमा अखिल क्रान्तिकारी ,नेविसंघ र अनेरास्ववियुको तालमेल भएको छ। निर्वाचनमा नेविसंघबाट सचिवमा प्रकाश रोका मगर बाहेक सबै अखिल क्रान्तिकारीले आफ्नो संगठनबाट उम्मेदवारी दिएको छ। अध्यक्षमा अखिल ( क्रान्तिकारी )का दिपेन्द्र डाँगी , कोषाध्यक्षम निर्मला वुढामगर र प्रत्यक्ष निर्वाचित सदस्यमा कमला पुन मगर ,अन्जना बुढा मगर र ओमसरी वुढा मगरले उम्मेदवारी दिएका छन् । अखिल (क्रान्तिकारी )का जिल्ला अध्यक्ष सनीदेवल बुढा र अनेरास्ववियुका जिल्ला अध्यक्ष सुर्य बि क द्वारा हस्ताक्षरित सहमति अनुसार अनेरास्ववियुले नव नेपाल क्याम्पसमा…
Read More
पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

काठमाडौ - नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।   शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियाता माथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।   २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
Read More
समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौ - समाजवादी मोर्चाको बैठक नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्। बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्। मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search