काठमाडौं : पद्मकन्या क्याम्पस (पीके)मा स्ववियु निर्वाचनमा नेविसंघबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै विजयी भएको छ।
अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन् ।
उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन्।
नेकपा (एकीकृत समाजवादी ) र नेकपा निकट विद्यार्थी संगठनको तालमेल गरेर चुनावमा भाग लिएका थिए । उनीहरुले पनि जित्ने अनुमान गरिए पनि मतपरिणाम अत्यन्तै न्युन आएको छ।


