स्ववियु अपडेट, पाल्पा – त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल( क्रान्तिकारी) विजयी भएको छ।
अखिल( क्रान्तिकारी)का मिलन घर्तीमगरले विजय प्राप्त गरेपछि ३० वर्षदेखिको कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ को किल्ला भत्किएको छ।

मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए ।
सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।
त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले खुलेको यो क्याम्पस पश्चिम नेपालीको पुरानो क्याम्पसका रूपमा चिनिन्छ ।
यो क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो । यो क्याम्पसमा पहिलोपटक नेविसंघको किल्ला तोडेर क्रान्तिकारीले रातो झण्डा फहराएको छ।


