काठमाडौ – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।
शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियाता माथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।
आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।
२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको बताउँदै उनले भने, ‘भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?’


