२६ श्रावण २०८२ ०७:१९
२६ श्रावण २०८२ ०७:१९
दाङ २४ साउन । दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शनिबार बेलुकी साढे ७ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा तुलसीपुर–१८ दुधरासमा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा परि लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षका देवराज चौधरीको मृत्यु भएको छ । मृतक चौधरीको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा गहिरो चोट लागेको थियो । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा…