“स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान का लागि विविध कार्यक्रम २०८२ ” भन्ने उद्वेश्यका साथ आयाेजित कार्यक्रमकाे उद्वघाटन समाराेह भव्य सभ्यरुपमा सम्पन्न ।
बिरेन्द्र मा वि गांङमा आयोजना भएको उद्वघाटन समाराेहमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यता भने अतिथिहरुमा नेकपा( एमाले) जिल्ला अध्यक्ष अमृत बुढा मगर ,त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा लगायत अतिथिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा ४ वटै झाकि समूह ,५ वटै सहभागी आमा समूह , बन समूह , युवा क्लब , अभिभावक र विद्यार्थीहरु बाक्लो उपस्थितिले कार्यक्रमलाई थप भब्य बनाएको थियो ।
अग्लो स्थल थुर्पा धुरि र थुर्पा देवस्थल , माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेसँगै माओवादी जनसेना बसेको स्थल तिलाको जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय , ग्रामीण वर्गसंघर्षको बेला भएको चर्चित दारबोट अपरेसन भएको स्थान , जनयुद्धकालमा माओवादी केन्द्रिय समितिको बैठक बसेर “२१ औं शताब्दीको नौलो जनवाद ” भन्ने चर्चित डकुमेन्ट पास गरेको र माओवादी सरकारी सेना बीच भिडन्त भएको चर्चित स्थान दुम्ला , जनयुद्धकालमै १६ वटा जिल्ला को जनता सहित माओवादीले सहिद मार्ग खन्न सुरु गरेको स्थान लगायत ऐतिहासिक स्थानको संरक्षण तथा प्रबर्द्धन गर्नु पर्ने कुरामा आयोजक जोड छ। यसलाई बाँकी दिनहरू प्रचारप्रसार गर्दै जाने बताएको छ।


