Yug Post

कल्वले निर्माण गरेको १२ मिटर लम्बाईको ट्रष्ट ब्रिज पालिका अध्यक्ष द्वारा उद्घाटन

Advertisement

युगपोष्ट समाचार सावन १३ ,  लुङ्ग्री गाउँपालिका वडा नं. ३ मा रहेको तालपोखरी युवा क्लवले निमार्ण गरेको ट्रष्ट ब्रिज आज उद्घाटन गरिएको छ । युवा क्लवको आफ्नै कोष र अन्य सहयोगीहरु बाट रकम जुटाएर क्लवले पुल निमार्ण गरेको हो ।

आज एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरिएको छ । क्लवका अध्यक्ष महेन्द्र न्यौपानेको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको प्रमुख अतिथिमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा लुङ्ग्री गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले भने ´स्थानीय युवाहरुले चाहेको खण्डमा जस्तो सुकै काम पनि गर्न सक्ने उदाहरण जुतुङ खोलाका युवाहरुले दिए` “सरकारले सबै काम गर्नु पर्छ भन्ने सोचको विकास भइरहेका बेला स्थानीय युवाहरुको अग्रसरतामा सरकारले गर्नुपर्ने काम युवाहरूले गरेकाले युवाहरुले चाहेमा जस्तो सुकै काम पनि गर्न सकिने सन्देश दिएको छ ”

कार्यक्रमको विशिष्ट अतिथि लुङ्ग्री गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्काले समाज विकासका साथै भौतिक पुर्वाधार निमार्णको काम युवा क्लवले गरेकोमा धन्यवाद छ भन्दै कल्बको कार्य प्रति प्रसमंसा गरेका थिए ।

लम्बाइ १२ मिटर रहेको ट्रष्ट ब्रिज कुल ३ लाख ५० हजार रुपैयामा निमार्ण गरिएको क्लवका अध्यक्ष महेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ । लुङ्ग्री गाउँपालिका वडा नं. ३ औलेसारी दोभानमा पुल निमार्ण गरिएको छ । पुलले साविकको वडा नं. ३ र ७ मा आवत जावत गर्न सहज भएको छ । पुल निमार्ण भए पछि सिम्लेनि, बेवरे, औलेसारी, पल्मागैरा लगायतका टोलका स्थानीयहरु, विद्यार्थीहरु विद्यालय जान साथै वडा कार्यालयमा सेवा लिन सयौंले दैनिक प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search