२१ श्रावण २०८२ ०९:५९
२१ श्रावण २०८२ ०९:५९
काठमाडौं– नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित सातजना केन्द्रीय सदस्यको कारबाही फुकुवा गरेका छन् । बास्तोलाले सोमबार एक परिपत्र जारी गर्दै यसअघि कारबाहीमा परेका नेताहरूलाई तोकिएको जिम्मेवारीमा फर्किन सर्कुलर पठाएर निर्देशन दिएका छन् । यही साउन १४ गते पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बसिरहेको अवस्थामा होहल्ला तथा अस्वभाविक अवस्था सिर्जना गरेको भन्दै नेकपा बहुमतले पोलिटब्युरो सदस्य पूर्ण बिक र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको थियो । यस्तै पोलिटब्युरो सदस्य सागर लिम्बू, केन्द्रीय सदस्यहरू हरि श्रेष्ठ, कृष्ण शाह, नेत्र रानाभाट, दर्शन नेपाली, बद्री अधिकारी र विक्रम पौडेललाई अनिश्चित कालका लागि निलम्बन गरिएको…