काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थगित गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने भएको छ ।
आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ १५ गते सुरु गरेर मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबाट प्रस्ताव आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयाे ।
यस्तै अबको केन्द्रीय समिति बैठक कात्तिकतिर बस्ने उहाँले बताउनुभयाे ।


