२१ फाल्गुन २०८२ ०७:२०
२१ फाल्गुन २०८२ ०७:२०
काठमाण्डौ – प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो । अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र,…