Skip to main content

Yug Post

Day: १० मंसिर २०८२ १७:२५

दाङका विप्लवका युवाहरू,काठमाडौ पुगेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

दाङका विप्लवका युवाहरू,काठमाडौ पुगेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरेका दाङका दर्जनौं युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।  पार्टी मुख्यालय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई नेता नारायण काजी श्रेष्ठ र पार्टी संयोजक प्रचण्डले स्वागत गरेका हुन् । उक्त स्वागतमा बोल्दै प्रचण्डले भने "तपाईहरु नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे । " पार्टी प्रवेश गर्नेहरूमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य  तथा दाङ जिल्ला युवा संगठन पुर्व इन्चार्ज सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, विवेक कुमार विक, दिलीप वली, ठाकुर प्रसाद गौतम, हेमराज विक र कुमार चपाइ लगायत रहेका छन् । 
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search