Yug Post

Day: १७ मंसिर २०८१ २०:०३

रोल्पामा २५ हजार घुस सहित ट्राफिक प्रहरीका सइ पक्राउ

रोल्पामा २५ हजार घुस सहित ट्राफिक प्रहरीका सइ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रोल्पामा प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएको छ । अख्तियारले रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सइ) ललित कुमार बुढाथोकीलाई २५ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
Read More
आन्तरिक चुनाव मार्फत रोल्पाको माडीमा माओवादीको नेतृत्व चयन

आन्तरिक चुनाव मार्फत रोल्पाको माडीमा माओवादीको नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी गाउँपालिको अधिवेशनबाट भरत बहादुर बुढामगर (बृत्तान्त)नेतृत्वको गाउँकमिटी आन्तरिक चुनाव मार्फत निर्वाचित भएका छ। सर्वसम्मत मनोनीत हुन नसकेमा चुनाव मार्फत नेतृत्व लगायत सदस्य चयन गर्न सकिने पार्टी नितिअनुरुप रोल्पामा पहिलो पटक माडीगाउँ पालीकामा चुनाव भएको हो । जसमा अध्यक्षमा भरत बहादुर बुढामगर (बृत्तान्त), उपाध्यक्षमा लोक बहादुर बुढा,ओसबहादुर विक, गौमयाल पुन ,सचिवमा बिर बहादुर घर्तीमगर, कोषाध्यक्षमा जगमति कुमाखी निवार्चित हुनुभएको छ ।  पार्टीका काबा अध्यक्ष भरत बुढाको अध्यक्षता एवं  माओबादी –केन्द्र) का केन्द्रीय उपमहासचिव बर्षमान पुनको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो । बाजागाजा ,झाकी नाच सहित सयौंको संख्यामा निस्केको जुलुस उदघाट्न सत्रमा परीणत भएको थियो…
Read More
उपनिर्वाचन मार्फत जाजरकोटमा कांग्रेसको  उपमेयर माओवादीले खोस्यो

उपनिर्वाचन मार्फत जाजरकोटमा कांग्रेसको उपमेयर माओवादीले खोस्यो

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्। नलगाडमा २०७९ को निर्वाचनमा कांग्रेसका सरिता सिंह उपप्रमुखमा निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएकाे थियाे। नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्। पहिले कांग्रेसले जितेको नगरपालिका उपनिर्वाचानमा माओवादीले जितेसँगै माओवादीले कांग्रेसको उपमेयर माओवादीले खोसेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search