Yug Post

Day: ३० श्रावण २०८१ १८:२१

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो। १८ वर्ष देखि थाती रहेको शान्ति प्रक्रियाको बाकी ( टिआरसी) विधेयकमा तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए।  आज बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि विधेयक पारित भएको हो। अब शान्ति प्रक्रिया टुंगो लागेको छ।
Read More
मोटरसाइकलले ठक्कर दिदा  घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङ -मोरङमा मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।    मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर पछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन्  उनको अहिले नोवेल अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
मोटरसाइकलले ठक्कर दिदा  घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङ -मोरङमा मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।    मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर पछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन्  उनको अहिले नोवेल अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु चालक गम्भीर घाइते

विराटनगर —मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक सख्त घाइते भएका छन् । Advertisement मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रविन कार्कीले पालेका दुई वटा घोडामध्ये एक दुर्घटनामा मारिएको हो । ठक्करपछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते छन् । नोवेल अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । Advertisement
Read More
धामिझाँक्रीको भर पर्दा सर्पले डसेको छोरीको मृत्यु आमा गम्भीर

धामिझाँक्रीको भर पर्दा सर्पले डसेको छोरीको मृत्यु आमा गम्भीर

 विषालु सर्पले डसेपछि उपचार भन्दा धामिझाँक्रीको भरमा पर्दा अस्पताल लैजान ढिला गरेको कारण दाङ गुरुवामा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भिर छ। दाङको घोराही उपमहानगरपालिका–६ गुरुवामा २५ वर्षीया आश्मा चौधरी र उनकी ६ वर्षकी छोरी इन्दुलाई आफ्नै घरमा आमाछोरीसंगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उहाँकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेपछी गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारकै क्रममा आज विहान साढे ५…
Read More
जोखिम उठाएर सेना समायोजन गरे : प्रचण्ड

जोखिम उठाएर सेना समायोजन गरे : प्रचण्ड

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन गर्दा राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएर सेना समायोजन गरेको बताएका हुन् । नेपालको हतियार व्यवस्थापन र सेना समायोजन सरल र सहज ढंगले भएको पनि स्मरण गरेका छन्  । शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । 'राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधान सभा बाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थागत पनि भएका छन्,' उनले…
Read More
सेना समायोजन गर्दा  राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएको थियो :पुष्पकमल दाहाल प्रचण्ड

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search