Yug Post

Day: १८ चैत्र २०८० २०:२३

भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भयाे  प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भयाे प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’ ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’ नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट…
Read More
हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट

हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट

काठमाण्डाै – धादिङ, गोरखालगायतका जिल्लामा हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने धेरैजसो गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँका दिनेश तामाङले बताउनुभयो । हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौलगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्काे बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताउनुभयो । फागुनको पहिलो हप्तादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ । असिनाका कारण भित्र्याउने बेला भएको गहुँ र जौ नष्ट गरेको गोरखाको…
Read More
पहाडी भुभागमा चट्याङ तथा बर्षाकाे सम्भावना

पहाडी भुभागमा चट्याङ तथा बर्षाकाे सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search