१७ कार्तिक २०८० ०८:३३
१७ कार्तिक २०८० ०८:३३
काठमाडौँ, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा प्रतिस्पर्धा हुँदै छ । जारी आइसिसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले युएईसँग भिड्न लागेको हो । नेपाल समूह एको उप–विजेताका रूपमा समूह बी को विजेता युएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।