Yug Post

माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

सुर्खेत : छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज शनिबार बिहान सवा ७ बजे जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। त्यसरी ठोक्किँदा नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो।उक्त मोटरसाइकल चालक रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३० वर्षीय भुवन केसीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन।मृतकको शव भने नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ।
Read More
अशान्तिको स्रोत निजी सम्पत्ति र सत्ता

अशान्तिको स्रोत निजी सम्पत्ति र सत्ता

एकैछिन कल्पना गर्नुहोस् त, अहिले तपाईंसँग निजि धन सम्पत्ति नहुने हो भने के हुन्छ ? तपाईंको बस्ने घर, खाने खाद्यान्न, जीउ ढाक्ने कपडा, बिरामी पर्दा। उपचार मात्र होइन छोराछोरी प्रतिको युग अनुसारको कर्तव्य र जिम्मेवारी पुरा गर्न पनि निजि सम्पत्ति आवश्यक छ। जतिखेर पनि जहाँ पनि चाहिने निजि सम्पत्तिको उत्पत्ति कसरी भयो ? पृथ्वीको उत्पत्ति भए जस्तै   निजि सम्पत्तिको पनि उत्पत्ति भयो कि मान्छेले आफै बनायो ? निजी सम्पत्तिको उत्पत्ति र पतन बारे बुझ्न विभिन्न सामाजिक  व्यवस्थाहरू र ती समाजका उत्पादनसम्बन्धहरूको बारेमा मसिनो गरि बुझ्न् आवश्यक हुन्छ। आजभन्दा दश लाख वर्ष पहिले मानिसको उत्पति भएसँगै मानव समाजको उत्पति पनि भयो।…
Read More
मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली  रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा…
Read More
रोल्पामा एकजना युवकको शव फेला

रोल्पामा एकजना युवकको शव फेला

लिवाङ । राेल्पा नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय भुवन कुवँरकाे शव शनिबार बिहान ७ बजेको समयमा माडिचाैर खाेलामा भेटिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जानकारी दिएको हो । कुवँरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा पठाइएको र उक्त घटना के कारणले भएको थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका प्रवक्ता एवं सूचना अधिकारी राम नारायण गुप्ताले बताउनुभयो ।
Read More
आफ्नो मृत्युबारे तीन महिना पहिल्यै खुलाएका भेलु बाजेकाे निधन

आफ्नो मृत्युबारे तीन महिना पहिल्यै खुलाएका भेलु बाजेकाे निधन

बैशाख २१ घाेराही दाङ / प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका भेलु बाजे नामबाट चर्चित मिनबहादुर बुढा मगरको दुखद निधन भएको छ। उनकाे जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । अश्लिल शब्दहरू बोलेर मात्र होइन उनिमा दर्शक श्रोतालाई हसाउँन सक्ने अदभूत क्षमता थियो । त्यहीँ क्षमताको कारण युट्युब ,टिकटक लगायतका सामाजिक संजालमा भाइरल भए । भेलु बाजेको श्रीमती उपचार अभाव कै कारण केही समय अगाडि मृत्यु भएको थियो । त्यसपछि  उनीमा पिडा थपिदै  स्वास्थ्यमा समस्या बढ्दै गएकाे बुझिन्छ । उपचार गर्ने आर्थिक अभाव थियो । त्यहीँ अभाव थाहा पाएर पत्रकार भोजराज थापाले आज भन्दा तीन महिना पहिले…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी र माेटाे मशाल विच एकता काे घाेषणा

क्रान्तिकारी कम्युनिष्ट पार्टी र माेटाे मशाल विच एकता काे घाेषणा

काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट र मोहनविक्रमबाट फुटेको नेकपा मशालबीच एकता घोषणा भएको छ । संयुक्त विज्ञप्ति निकाल्दै यी दुई पार्टीले वैशाख १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । वैशाख १९ मा मे दिवसका अवसरमा एकता हुनेछ । विज्ञप्तिमा क्रान्तिकारी समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि पनि अपिल गरिएकाे छ।
Read More
एक दम्पति सवार माेटरसाईकल दुर्घटना ,श्रिमानकाे मृत्यु ,श्रमति घाईते

एक दम्पति सवार माेटरसाईकल दुर्घटना ,श्रिमानकाे मृत्यु ,श्रमति घाईते

 धनगढी : मंगलसैन आउँदै गरेका एक दम्पती सवार मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिए पश्चात् घाइते भएका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको हो भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी हुन् । मंगलसैन नगरपालिका वडा नम्बर ३ बिसाकोट घर भएका उनीहरूलाई कैलालीबाट अछाम आउँदै गर्दा बुडरमा ट्याङ्करले ठक्कर दिएको थियो । भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले रमेश दम्पती सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका…
Read More
नेपाल र कतारविच ८ वुदे समझदारी पत्रमा हस्ताक्षर ,यी हुन ८ वुदा (पढनुहाेस)

नेपाल र कतारविच ८ वुदे समझदारी पत्रमा हस्ताक्षर ,यी हुन ८ वुदा (पढनुहाेस)

काठमाडौं : नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय वार्तामा सहमति तथा सम्झौता भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे । त्यस्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने…
Read More
कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

काठमाडाै : नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार  आज आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले आज बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई…
Read More
कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

काठमाडौं :मन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक विदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search