Skip to main content

Yug Post

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

काठमाडाै : नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार  आज आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले आज बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई…
Read More
कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

काठमाडौं :मन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक विदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।
Read More
सिंहदरवारमा मन्त्रिपरिषद काे आकस्मिक वैठक वस्दै

सिंहदरवारमा मन्त्रिपरिषद काे आकस्मिक वैठक वस्दै

काठमाडौं : प्रधानमन्त्री  पुष्पकमल दाहाल ले आज बिहान १० बजे मन्त्रीपरिषद काे आकस्मिक वैठक वाेलाएका छन ।वैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्। त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन…
Read More
वर्तमान सत्तासमिकरण वामपन्थी काे मात्र हाेईन :प्रधानमन्त्री प्रचण्ड

वर्तमान सत्तासमिकरण वामपन्थी काे मात्र हाेईन :प्रधानमन्त्री प्रचण्ड

धनगढी कैलाली :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे। उनले भने, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन।”वर्तमान सत्ता समीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्रीले भने, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको जानकारी दिए । पहिलोपटक नेपालमा हुन लागेको कतारका राजा अमिरको…
Read More
माेवाईल चार्जगर्दा करेन्ट लागेर ८ वर्षिय वालककाे मृत्यु

माेवाईल चार्जगर्दा करेन्ट लागेर ८ वर्षिय वालककाे मृत्यु

तेह्रथुम :तेह्रथुमको  लालिगुरास नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ। गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Read More
आजराति काेशी ,मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी,सचेत रहन आग्रह

आजराति काेशी ,मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी,सचेत रहन आग्रह

काठमाडौ  : जल तथा मौसम विज्ञान विभागले आज राती कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना औँल्याएको छ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का हिमपात हुने अनुमान पनि विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ। भोलि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ।
Read More
सुदुपश्चिम अपडेट :मुख्यमन्त्री साेडारी लाई समर्थन नरहेकाे नाउपा का ५ जना सांसदकाे दावी

सुदुपश्चिम अपडेट :मुख्यमन्त्री साेडारी लाई समर्थन नरहेकाे नाउपा का ५ जना सांसदकाे दावी

धनगढी कैलाली:सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताएका हुन् । उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन् । उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका…
Read More
सुदुरपश्चिम अपडेट:मुख्यमन्त्रीमा एकिकत समाजवादीका साेडारीकाे दावी पेश

सुदुरपश्चिम अपडेट:मुख्यमन्त्रीमा एकिकत समाजवादीका साेडारीकाे दावी पेश

धनगढि कैलाली : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्‍यमन्त्रीमा दाबी पेस गरेका हुन्।सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्। गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्।  यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै  प्रमुख…
Read More
काेशी प्रदेशकाे लफडा ,मुख्यमन्त्री कार्कीकाे राजिनामा नदिने अडान कायमै

काेशी प्रदेशकाे लफडा ,मुख्यमन्त्री कार्कीकाे राजिनामा नदिने अडान कायमै

काठमाडौं : कोशी प्रदेशसभाको बैठक आज बस्दैछ।  बैठक  दिउँसो १ बजे बैठक बस्नेछ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन्। तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने दाबी गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू…
Read More
डेढसय किलाे गाँजासहित सात जना प्रकाउ

डेढसय किलाे गाँजासहित सात जना प्रकाउ

पर्सा :  मकवानपुरमा डेढ सय किलो गाँजासहित सातजना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुईजना किशोर छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search