२ श्रावण २०८२ १९:४७
२ श्रावण २०८२ १९:४७
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बीच दुई घण्टा लामो वार्ता भएको छ। केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् । दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगि रहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।…