Skip to main content

Yug Post

अन्तर्राष्ट्रिय

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

काठमाडाै : नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार  आज आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले आज बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई…
Read More
कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

काठमाडौं :मन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक विदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।
Read More
आज नेपाल र बरोडाबीच खेल हुँदै

आज नेपाल र बरोडाबीच खेल हुँदै

काठमाण्डौ – भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । खेल गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
Read More
नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको छ । ल्हासामा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवम् सरकार प्रमुख वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ । भेटमा सीमावर्ती क्षेत्रका समस्याबारे छलफल भएको छ । उहाँले  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको…
Read More
पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा

पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् । विशेष गरी : पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् । पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको बताउनुभयो । लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण…
Read More
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुनेछ। परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिने र एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनले भनिन्, ‘शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन्।’ परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपिएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाई हुनेछ। परीक्षा समयभन्दा एक घण्टाअगाडि परीक्षा हलमा…
Read More
जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

  जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो स्थानमा आइपुगेको छ । सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डलरमा ४ दशमलव २ ट्रिलियन र जर्मनीको जीडीपी ४ दशमलव ५ ट्रिलियन थियो । जापानको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशको अर्थतन्त्र अक्टोबर र डिसेम्बरबीचको तीन महिनामा शून्य दशमलव चार प्रतिशतले सङ्कुचित भएको थियो । सन् २०२२ को तुलनामा जीडीपी एक दशमलव नौ प्रतिशतले बढे पनि जर्मनीलाई उछिन्न सकेन । यो तथ्याङ्कले जापानी अर्थव्यवस्थाले कसरी आफ्नो प्रतिस्पर्धात्मकता र उत्पादकता गुमाइरहेको छ…
Read More
अमेरिका लिने  भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

अमेरिका लिने भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाण्डौ ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाण्डौको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आज सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
Read More
चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो। सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो । सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका…
Read More
नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव, ३० कार्तिक ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ । नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले टविटरमार्फत भनेका छन् । इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमण पछि लचिलोपन देखाउँदै आएको उनले भनेका छन । जसको फाइदा प्रधानमन्त्री नेतान्याहुले लिइरहेको र जनतालाइ धोका दिएकोसमेत उनले जनाएका छन । उनले भने, ‘तर सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search