Yug Post

Breaking News 1

सामुदायिक वनमा आगलागीमा परेका तीन जना बालबालिकाको मृत्यु

सामुदायिक वनमा आगलागीमा परेका तीन जना बालबालिकाको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।।गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा एक जना राति र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ । काठमाडौँमा मृत्यु हुनेमा १२ वर्षीया विवस बूढा र वर्ष १३ का समन्त बूढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको…
Read More
उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकास जरुरुी :राष्ट्रपति

उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकास जरुरुी :राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताएका हुन् । ‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न सबैलाई अनुरोध गर्दछु’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र…
Read More
सुन्तलालाई राष्ट्रिय फल घोषणा

सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौं– सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । यो नेपालको रैथाने फलफूल हो । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो ।  
Read More
पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी,…
Read More
बसले ठक्कर दिदा दाङमा एकजनाकाे मृत्यु

बसले ठक्कर दिदा दाङमा एकजनाकाे मृत्यु

घोराही ।  दाङमा यात्रु बहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौ जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्वरको बसले गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको लु ४१ प ८०९२ नम्वरको मोटरसाइकलाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१७ निवासी २३ बर्षीय सौगात वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–११ निवासी ३५ बर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन् ।  
Read More
कर्णालीकाे मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णालीकाे मुख्यमन्त्रीमा कँडेल नियुक्त

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌कोआवश्यकता पर्छ ।
Read More
आज नेपाल र बरोडाबीच खेल हुँदै

आज नेपाल र बरोडाबीच खेल हुँदै

काठमाण्डौ – भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । खेल गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
Read More
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  शाहले  दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो । सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्नुभएको हो । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र…
Read More
नागरिक उन्मुक्ति पार्टीकाे द्धन्द सतहमा बैठकमै हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीकाे द्धन्द सतहमा बैठकमै हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो। नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएको छ। यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछिहात हालाहालको स्थिति आएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।
Read More
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै  प्रदर्शन गर्ने १५ जना पक्राउ

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने १५ जना पक्राउ

काठमाण्डाै – रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा १० जना पुरुष र पाँच जना महिला छन् । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याउन, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेकाे थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search