२३ भाद्र २०८२ १६:१९
२३ भाद्र २०८२ १६:१९
काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । '५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,' उनले भने । यस्तै उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको…