Yug Post

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु

Advertisement

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । ‘५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,’ उनले भने ।

यस्तै उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।

केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search