२१ बैशाख २०८२ १८:४९
२१ बैशाख २०८२ १८:४९
शरीरको सम्पूर्ण छाला जलेको गर्भवती भैंसी हृदयविदारक सामाजिक संजालमा भाइरल छ । दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । भिडियो पोस्ट गर्दै सनम विकले लेखेका छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु लाग्नेछ ।’ असह्य जलन, तिर्खा, भोक र पीडा खेप्नुपर्ने बाध्यता कसरी आइलाग्यो त्यो अबोध प्राणीलाई ? त्यसमाथि गर्भावस्थामा ? घटना, बाग्लुङको तारखोला गाउँपालिकास्थित भुस्कात गाउँको हो । गएको १७ गते राति करिब साढे ११ वा १२ बजेतिर गोठमा अचानक आगो सल्कियो । गोठमा काली भैंसी र उनकै डेढ वर्षको राँगो थियो । राँगो…