Yug Post

Day: १७ चैत्र २०८१ २०:१०

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी  विजयी  

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी विजयी  

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनको अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् ।  जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए ६२ मतले जितेका छन् भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे । त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।   यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकामा-३ मा आगलागी, नियन्त्रणभन्दा बाहिर

रोल्पाको त्रिवेणी गाउँपालिकामा-३ मा आगलागी, नियन्त्रणभन्दा बाहिर

टेक मगर ,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ। स्थानीय तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका-३ मा आगलागी, नियन्त्रण गर्न कठिनाइ

रोल्पाको त्रिवेणी गाउँपालिका-३ मा आगलागी, नियन्त्रण गर्न कठिनाइ

  टेक मगर,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ।स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।
Read More
निर्मल  निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो : योगेश भट्टराई

निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो : योगेश भट्टराई

सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र्ले निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउनु पठाउनुभयो।उहाँ माथिको सेवा सुविधा के हुन्छ सरकारले जबाफ दिनुपर्छ,' उनले भने।  सोमबार प्रतिनिधि सभा बैठकमा  भट्टराईले जनताको आदेश मानेकामा पूर्वराजालाई धन्यवाद भनेको सँगै पूर्वराष्ट्राध्यक्षको हैसियतमा सेवा सम्मान पनि दिइएको बताए।  'सम्नानित नागरिकका रूपमा मात्रै होइन, पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिन्छ‍ भनेर दिएको हो  तर त्यो सम्झौता ज्ञानेन्द्रले आज निर्मल निवासमा बसेर भंग गरेका छन्,' उनले भने, 'सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन?' भट्टराईले पूर्वराजाले  लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नाच गर्न पठाए पछि सम्झौता भंग भएको बताएका छन् ।…
Read More
रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्तीमगर प्रेस सेन्टर नेपालको महासचिवमा भारीमतले निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र ) निकट पत्रकार संगठन कोप्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशनको आइतबार राति भएको मतदानको नतिजा अनुसार संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा उनको प्रतिद्वन्दी दीपेन्द्र शर्माले १४५ मत पाए । अध्यक्षमा कमल गिरी ,उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए । उपमहासचिव महिलामा लक्ष्मी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search