टेक मगर,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।
स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ।स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।


