Yug Post

Day: १३ फाल्गुन २०८१ १९:०३

काठमाडौ महानगरद्वारा ७३ बालबालिकाकाे उद्वार

काठमाडौ महानगरद्वारा ७३ बालबालिकाकाे उद्वार

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना बालिका रहेका महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये ३८ जना बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । महानगरका अनुसार उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानूनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो । उपमेयर डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल…
Read More
नारायण काजी श्रेष्ठले भने : झापा घटना प्रती सार्वजनिक रूपमा क्षमा माग्छु

नारायण काजी श्रेष्ठले भने : झापा घटना प्रती सार्वजनिक रूपमा क्षमा माग्छु

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनकमा भएको घटना सामान्य रूपमा लिन आग्रह गरेका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले झापाको कार्यक्रमको घटनालाई सामान्य रूपमा लिन आग्रह गरेका छन् । उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।  उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे । …
Read More
रोल्पा त्रिवेणी गापा  ६ थुम्कामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या

रोल्पा त्रिवेणी गापा ६ थुम्कामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिका ६ थुम्का साबिकको जुगार गाबिस ८ काउलाबोटका खिम बहादुर बुढाले आफ्नै श्रीमतीलाई हत्या गरेका छन् । ३९ वर्षीय खिम बहादुर बुढाले ३२ वर्षीय आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका छन् । त्यस तर्फ जुंगार चौकीको प्रहरी गइरहेको बताएको छ। अहिले सम्म अभियुक्त बुढा पक्राउ परेका छैनन् । घटनाको बिस्तृत बिवरण खुल्न बाँकी छ।
Read More
दाङ घोराहीको बसपार्कमा एक महिला आत्महत्या प्रयास

दाङ घोराहीको बसपार्कमा एक महिला आत्महत्या प्रयास

दाङ घोराही बसपार्क बाट होलेरी जाने पुल मुनी एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । अहिले बिहान करिब सात बज्येको समयमा ती महिलाले आफ्नो टाउकोमा आफै ढुंगा प्रहार गरेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ। ती महिला को हुन किन आत्महत्याको प्रयास गरिन खुलेको छैन ।" मलाई नबचाउनु मैले ठुलो गल्ती गरेको छु ।" भनिरहेकी थिइन् भनेर एक प्रत्यक्षदर्शीले बताए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search