Yug Post

Day: ५ पुष २०८१ १८:२१

दाङमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक केसीको मृत्यु

दाङमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक केसीको मृत्यु

दाङमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक केसीको मृत्यु भएको छ। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो साढे १  बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्री घाइते भएका छन्।  घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
Read More
दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई  रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।
Read More
रोल्पाको उवामा अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

रोल्पाको उवामा अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

रोल्पाको थबाङ गाउँपालिका– ५, उवामा सुतिरहेको अवस्थामा मसाने भनेर चिनिने सीताराम रोकाक्षेत्रीको बिहीबार राति अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या गरिएको छ । उवा ठुलोगाउँको हार्जुवा भन्ने ठाउँमा रहेको सुमित होटेलमा खाना खाएर सुतेका सुनछहरी गाउँपालिका– ५, जैमाकसलाका ३६ वर्षीय रोकाको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । लु.१ज १८४७ नम्बरको जिपचालक रहेका उनी बिहान अबेरसम्म पनि नउठेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी सहायक निरीक्षक देवेन्द्रविक्रम विकको नेतृत्वमा चारजनाको प्रहरी टोली पुगेको थियो । हत्या गर्ने अज्ञात समूहबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
Read More
नेपाल पत्रकार महासघ दाङको उपाध्यक्षमा निर्वाचित नारायणी रजौरेले सपथ ग्रहण  लिइन् ।

नेपाल पत्रकार महासघ दाङको उपाध्यक्षमा निर्वाचित नारायणी रजौरेले सपथ ग्रहण लिइन् ।

नेपाल पत्रकार महासघ दाङको उपाध्यक्षमा निर्वाचित नारायणी रजौरेले सपथ ग्रहण लिइन् । गत महिना २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ दाङ को उपाध्यक्षमा निर्वाचित नारायणी रजौरेले बिहिवार पद तथा गोपिनियताको सपथ ग्रहण लिइएकि हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस ) दाङकि अध्यक्ष हुन । लामो समयदेखि दाङमा सक्रियरूपमा पत्रकारीता गर्दै आएकी छिन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search