दाङमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक केसीको मृत्यु भएको छ।
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो साढे १ बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्री घाइते भएका छन्।
घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


