Yug Post

जेनजिको आन्दोलनले सरकारलाई कर्फ्यु लगाउन बाध्य

जेनजिको आन्दोलनले सरकारलाई कर्फ्यु लगाउन बाध्य

जेनजिको आन्दोलनले सरकारलाई कर्फ्यु लगाउन बाध्य

काठमाडौँ —जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रहरुमा कर्फ्यु थप लगाएको छ। आज देखि काठमाडौ लगायत देशका ठुला शहरहरु सामाजिक संजालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध भनेर जेनजी पुस्ताले आन्दोलन गरिरहेको छ। शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ । यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।
Read More
सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध विरूद्ध पत्रकारहरू प्रदर्शनमा

सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध विरूद्ध पत्रकारहरू प्रदर्शनमा

२२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’  ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्‍दै बन्द गर्न दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि दूरसञ्‍चार  प्राधिकरणले सूचीकरण…
Read More
नेकपा( माओवादी केन्द्र)लेआजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु

नेकपा( माओवादी केन्द्र)लेआजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ । अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो । वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ । गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन:…
Read More
नेपाल रेडक्रसको स्थापन दिवसको अवसरमा रोल्पा शाखाले फलफूल बितरण

नेपाल रेडक्रसको स्थापन दिवसको अवसरमा रोल्पा शाखाले फलफूल बितरण

नेपाल रेडक्रसको त्रिसट्ठीऔँ (63rd establishing Day)स्थापना दिवसको अवसरमा रोल्पा शाखा सभापति नवलसिंहपुनमगर रोल्पा अस्पतालका बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेको छ। उक्त कार्यक्रममा रोल्पा अस्पताल प्रमुख डा•प्रमोद कट्टेल,अस्पताल विकास समिति अध्यक्ष शेर बहादुर थापा, पिताराज आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू,उपशाखा माडीचौरका सभापति बिरेन्द्र बुढामगर,प्रहरी चौकी ईञ्चार्ज पूर्ण भण्डारी,स्वास्थ्यकर्मीहरू,रेडक्रसकर्मीहरूको उपस्थिति रहेकोे थियो ।
Read More
जारी गर्‍यो सामाजिक लेखापरीक्षण बारे सूचना

जारी गर्‍यो सामाजिक लेखापरीक्षण बारे सूचना

जय पृथ्वीनारायण मा वि जायचौर रोल्पाको सामाजिक लेखा लेखापरीक्षण कार्यक्रममा उपस्थिति भैदिन अनुरोध गरेको छ। गत आर्थिक वर्ष २० ८१/ ८२ को एस ई ई परिक्षामा जिल्लामै सबैभन्दा बढी उतिर्ण प्रतिशत लिन सफल यस बिधालयको आर्थिक पारदर्शिता देखिन्छ । गत आर्थिक वर्षको सामाजिक लेखापरीक्षण कार्यक्रममा भदौ २० गते उपस्थित हुन भन्दै बिधालयका प्र अ लावड व्राइटर पुन मगरले सूचना प्रकाशित गरेका छन्
Read More
अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघ्याे

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघ्याे

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय जना नाघेको छ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट अन्य कम्तीमा दुई हजार आठ सय जना घाइते भएका तालिबानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रभावित क्षेत्रमा परकम्प जाने क्रम चलिरहेको छ । भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध हुँदा उद्धार कार्य पनि प्रभावित भएका खबरमा उल्लेख छ । तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा रहेका मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेका छन् । धेरैजसो भूकम्पको…
Read More
जम्मु कश्मीरमा बाढी ११ जनाको मृत्यु

जम्मु कश्मीरमा बाढी ११ जनाको मृत्यु

भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू र कश्मीर क्षेत्रमा आकश्मिक बाढी तथा क्षतिका घटना बढ्दै गएका छन् । स्थानीय आपतकालीन सेवाका अनुसार अस्ति रातिको बाढी र लेदोमाटोले ठूलो क्षति गरेको छ । एक बालक बेपत्ता भएका र उनको खोजी भइरहेको छ । विज्ञका अनुसार जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण विपद्जन्य घटना र जोखिम बढेको हो । हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विज्ञका अनुसार अत्यधिक वर्षा र हिमालय क्षेत्रमा निर्माण…
Read More
सुनकाे मुल्यमा नयाँ रेकर्ड कतिमा हुदै छ काराेवार ?

सुनकाे मुल्यमा नयाँ रेकर्ड कतिमा हुदै छ काराेवार ?

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६ सय रुपैयाँ थियो । शुक्रवार पनि सुनले नयाँ रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एकैदिन ६५ रुपैयाँले बढेर तोलाको दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै उच्च हो ।…
Read More
लिपुलेकलाई व्यापारीक मार्ग बनाउने  भारत चीन सहमतिमा  नेपालको आपत्ति

लिपुलेकलाई व्यापारीक मार्ग बनाउने भारत चीन सहमतिमा नेपालको आपत्ति

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ । चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज त्यहाँ पुगेलगत्तै भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।
Read More

लुम्बिनी प्रदेशसभा सदस्य पुनले छोरीलाई जन्म दिएर निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search