३० भाद्र २०८२ १६:१९
३० भाद्र २०८२ १६:१९
काठमाडौं । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बखास्त कुलमान घिसिङ ऊर्जा मन्त्रीका रुपमा सोमबार सिंहदरबार ‘इन्ट्री’ भएको छ । उनी चैत ११ मा विशेषगरी ओली र ऊर्जामन्त्री दीपक खड्कासँग द्वन्द्व बढेसँगै बर्खास्तीमा परेका थिए । जसले बर्खास्त गर्यो, छ महिनापछि उसैको कुर्सी घिसिङलाई मिलेको छ । उनी ४ महिना कार्यकाल बाँकी रहँदा बर्खास्तमा परेका थिए । घिसिङ सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वकर्ता बनेका छन् । भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनबाट ओली सरकार हटेसँगै देशले सुशीला कार्कीको नेतृत्व पाएको छ । उनै कार्कीको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा…