८ श्रावण २०८२ १४:३०
८ श्रावण २०८२ १४:३०
रुकुम पूर्व – रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो । योजनको हिजो दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उहाँकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए । अस्पतालमा उपचार हुन…