Yug Post

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा

Advertisement

टेकराज भण्डारी, तुलसीपुर – उपमहानगरपालिका वडा नं ५ स्थित बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। परियार जागरण समाज तुलसीपुर, दाङको आयोजना तथा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल तुलसीपुर दाङको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ। जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको डा. उज्ज्वल मण्डल र डा. हस्नु राइनले बताउनुभयो। सुगर, प्रेसर लगायत अन्य रोगहरूको जाँच गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्कीले यस्ता शिविरले नागरिकको स्वास्थ्यप्रति सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक परीक्षणको माध्यमबाट गम्भीर रोगहरूको समयमै पहिचान गर्न सघाउने बताउनुभयो। उहाँले भन्नुभयो” स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो। निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरूले गाउँघरका आम नागरिकलाई सुलभ रुपमा सेवा प्रदान गर्न ठूलो मद्दत गर्छ। विशेष गरी गरिब, विपन्न, वृद्धवृद्धा र ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आजको आवश्यकता भएको बताउनुभयो।

वाइसीएल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र विकले निःशुल्क स्वास्थ्य शिविरले साधन र स्रोतको अभावमा उपचारबाट वञ्चित रहेका नागरिकहरूलाई ठूलो राहत मिल्ने बताउनुभयो। प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल तुलसीपुर दाङका अध्यक्ष जीवन खड्काले आगामी दिनमा पनि यस्तै कामहरू गर्दै जाने बताउनुभयो ।

कार्यक्रमको बारेमा संस्थाका सल्लाहकार लिलाधर नेपालीले प्रकाश पार्नुभएको थियो। परियार जागरण समाज तुलसीपुर, दाङका अध्यक्ष सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव मेघराज परियारले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search