आफै प्रत्यक्ष अप्रत्यक्षरुपमा नेतृत्व गरेर राम्रोसँग तरमारेका तीन जना नेताले हिजो नेतृत्व भन्दै काठमाडौको एक कार्यक्रम आलोचना गरे । ती मध्ये घनश्याम भुसालले पुर्व नेतृत्व केपी ओलि र विप्लवले पुर्व नेतृत्व प्रचण्डलाई सकेजती आलोचना र आरोप लगाए । अर्का नेता जनार्दनले पनि त्यसरी नै नेतृत्व प्रचण्डको आलोचना गरेका छन् । यी तीन नेताहरूले यस्तो आलोचना गरिरहदा उनीहरुको बारेमा पनि अवश्य केही यक्ष प्रश्नहरू छन् ।
घनश्याम भुसाल
घनश्याम किताबी ज्ञान राम्रो भएको तर अकर्मण्यताले अक्कर परेका मान्छे हुन् भन्ने नेकपा विभाजनको बेला देखिएको छ। अनि मन्त्री हुँदाको प्रस्तुति थाहा छ। मानौँ पहिले त केपिले रोकेका थिए अहिले त सानोठुलो जत्रो भएपनि पार्टीको महासचिव भएको बेला समाजवाद को बाटोतिर जाने देखिने गरि अगाडी बढेने कस्ले रोकेको छ। खै त्यसता कार्यक्रम लिएको ? मंच पाएपछि मच्चिएर उफ्रिएर आलोचना गरेर समाधान हुँदैन ।
नेत्र बिक्रम चन्द विप्लव
माओवादी पार्टीलाई भित्रबाटै सबैभन्दा पहिले छुरा धस्न सुरु गरेर घाइते बनाएर एकीकृत जनक्रान्ति हवला दिदै पार्टी बिभाजन गरेको आज १३ वर्ष सम्म नेतृत्वमै रहेका कमरेड विप्लवले नेतृत्वले कमजोरी गर्यो भन्ने नैतिक दम छैन किनकि प्रचण्डकै नेतृत्वमा बसिरहेको भए अलि दम हुनेथियो तर आफै नेतृत्व हुने अनी कसलाई नेतृत्व भन्नुभएको हो ? विप्लवीपन र नेतृत्व क्षमता अनि संघर्ष प्रती दृढता देखिएन ।
लेनिनले क्रान्तिको परिस्थिति नमिलेपछि भागेर फिनल्यान्ड गएर पनि क्रान्तिको आह्वान गरे जस्तै म एक्लै भए पनि क्रान्तिको आह्वान गरिरहन्छु बुलेटबाट नै समाजवाद लिने भन्नेले सबै छोडेर तीन बुदेको फेरो समाएर संसदीय व्यवस्थामा गएर भोट्को भिख मागेर समाजवाद आउँछ र ? विप्लव कमरेड तपाईसँग लागेर ज्यान गुमाएका , अंग गुमाएका , उर्वर समय गुमाएका , सामाजिक र पारिवारिक सम्बन्ध गुमाएकाहरु ,केही बाहेक आर्थिक स्थिति तहसनहस बनाएकाहरुको सपना पूरा एमाले कांग्रेसभन्दा बढी माओवादीलाई टाढा देखेर हुँदैन । ´अहिलेको राजनीतिक अस्थिरतामा माओवादी दोषी छ ` भन्नेर माओवादी आन्दोलनको इतिहास मात्र होइन आफ्नै शरीरमा छारो हाल्ने गरेर माओवादी समर्थकलाई निराश बनाएर माओवादी एकताको धागो बन्न सकिदैन । विप्लव कमरेड ले ´ म निस्वार्थ हुँ ` भन्ने कुरा एक पटक प्रमाणीत गरिदिनु पर्यो सदस्य भएर माओवादीमा प्रवेश गर्नु पर्यो अनि प्रभावशालिता देखाएर तपाईले अहिले सोचिरहेको पूरा गर्नु पर्यो । अनी मात्र लाखौं युवाहरूको आशाको केन्द्र माओवादी बनाउन सकिन्छ ।
जनार्दन शर्मा प्रभाकर
तपाईं जनयुद्धमा राम्रो कमान्डर हो पिलि लगायतका कयौं सफल कार्बाही गरेको कुरा इतिहास बनेको छ।कसैले मेट्न सक्दैन । शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेपछि ४ पटक सम्म शक्तिशाली मन्त्री हुनु भयो त्यस मध्ये उर्जा मन्त्री हुँदा १८ घण्टा लोडसेडिङ भएर अध्यारमा बिताएका नेपाली जनतालाई उज्यालो दिएर उज्यालो नेपाल बनाएको कुरा अहिले जनताले अघोषित लोडसेडिङ हुँदा झन् सम्झिरहेका छन् ।यस्ता मोडेल कार्यले माओवादीको शिर माथी बनाएको हो।
तर पछिल्लो समय तपाईको गडबडी गतिविधिले आम सुभ चिन्तकलाई झस्काएको छ। हिजो एक कार्यक्रम बोलेको कुराले धेरै मानिसलाई दुखित बनाएको छ। पार्टी मनमोहन पछीका कोहि प्रधानमन्त्रीले राम्रो कार्य गरेनन् भनेर प्रचण्डलाई होच्याउदा तपाई उचो भयो त ? प्रचण्ड प्रधानमन्त्री हुँदा नै तपाईले सहयोग पाएर उर्जा मन्त्री भएको बेला गरेको कामको बखान तपाई हामीले गरिरहेका छौँ । भने कसरी प्रचण्ड पनि उस्तै भयो ? तपाई अहिले विप्लवसँग स्वर मिलाएर प्रचण्डलाई आरोप लगाउनेले उतिबेला विप्लवले विद्रोह गरौं युद्धमा जाम भनेर विप्लव जंगल पस्दा किन सहभागी नभएको ? विप्लवलाई त्यतिबेला तपाईहरु जस्ता पाको नेताको खाचो थियो तर तपाईले साथ दिनुभएन काचोहरुले साथ दिए त्यसैले बिप्ललाई डाईरिया लाग्यो ।तपाईहरु जस्तोले साथ दिएको भए यो स्थिति आउने थिएन कि ?
अर्को कुरा नेपालको इतिहासमा संस्थापक पार्टी छोडेर बिद्रोह गरेर अर्को राम्रो पार्टी बनेको इतिहास छैन । न कांग्रेस होस् या एमाले होस् नत माओवादीबाट बिद्रोह गरेका हुन् । कुन्ठा आवेग पोख्ने र केही साथीहरूलाई घरनघाटको बनाउने बाहेक अरु केहि भएका छैनन् ।
अन्त्यमा
नेतृत्वले नराम्रो मात्र गर्यो भनेर आलोचना र आरोपित मात्र गरेर समग्र राजनीतिक समाधान दिन सकिदैन । निर्मतापुर्वक समिक्षा गरेर समाधान दिन सक्ने ल्याकत राख्नुपर्छ ।


