३ चैत्र २०८१ १०:०८
३ चैत्र २०८१ १०:०८
रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमाथि २ करोड रुपैयाँको बार्गेनिङ काे आरोप छ। लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजलले उक्त आरोप लगाएका हुन्। तर, उनले यसबारे थप संवाद गर्न अस्वीकार गर्दै उद्योग मन्त्रालयमै पीएल संघाइले उनीहरूकै अगाडि बार्गेनिङ गरेको बताएका कारण आफू बोल्न नपर्ने बताएका छन्। सांसद सिजलका अनुसार लिबाङमा भएको उद्योग वाणिज्य बैठकका क्रममा उनले गाउँपालिकाका अध्यक्षलाई एकान्तमा बोलाएर उपाध्यक्षले बार्गेनिङ गरेको बारे सोध्दा अध्यक्षले आफू पनि सँगै गएको र उपाध्यक्षले बार्गेनिङ नगरेको बताएका थिए। यद्यपि, सिजलले उनलाई विचार गर्न सुझाव दिएका थिए। सिजलले गाउँपालिकामा गएर पनि उक्त विषय उठाए तापनि गाउँपालिकाले कुनै चासो नदेखाएको बताएका छन्। उनले यो…