राेल्पा नमुना क्याम्पका क्याम्पस प्रमुख र संचालन समितीले नै धादली अनियमितता गरि स्ववियु घोषणा गरेको आरोप लागेको छ।
हिजो चैत पाँच गते सम्पन्न स्ववियु निर्वाचनहुँदा त्यस्तो भएको अखिल (क्रान्तिकारी)का स्ववियु सभापति का उम्मेदवार दिपेन्द्र डाँगी आफ्नो फेसबुक मार्फत जनाएका छन् ।
उनी लेख्छन्
चुनाव भनेकाे लाेकतान्त्रिक विधि,पद्धति र प्रकृया हाे हामी परिणाम स्विकार्छाै।
संगठन दर्ता नगर्दा सम्म ८६जना बिद्यार्थी संख्या काे आधारमा हाम्रो गाैरव शालि संगठन अखिल (क्रान्तिकारी) ले संगठन दर्ता गर्याे पछि अन्तिम नामावली प्रकाशनमा १३१ जना काे नामावली आयाे।नामावली प्रकाशनमा पनि अनियमितता र धाद्ली पुर्ण थियाे। उनले भन्छन् । उनी लेख्छन्
४ जना अखिल क्रान्तिकारी का साथिहरु काेअन्तिम नामावली प्रकाशनमा नाम लिस्तवाट हटाइयाे। क्याम्पस सञ्चालक समिति भनिने अनिल केसि र क्याम्पस प्रमुख भनिने गाेपाल के सि ले सम्पूर्ण बिद्यार्थी हरुलाई (अखिल समाजवादी )लाई भाेत हालेनौँ भने तिमिहरुकाे प्रयाक्टिकल नंम्बर दिन्नम,फेल बनाउछाैं,रिजल्ट बिगार्दिन्छम हाम्रो क्याम्पस हाे तिमिहरुले (अखिल समाजवादी)लाई भाेट हालेउ भने हामि पास गराँउछाै,परिक्षा सेन्टर ल्याउछाै,फि मा ५०%छुट गर्दिन्छाै साथै मतदाता परिचयपत्र वितरण गर्दा पनि झाेलामा बाेकेर आफ्नालाई घरघर पुर्याउने र अन्यकाे लुकाउने जस्ता लाेभ लालच धम्की त्रास दिई विधार्थी लाइ भयवित बनाइ,नितान्त क्याम्पस प्रमुख भनाैदा र क्याम्पस सञ्चालक समिति भनाैदा हरुले पक्षपात पुर्ण ,धादलि पुर्ण व्यवहार ,छलकपट गरि अखिल समाजवादी मा आस्था राख्ने लाई मात्र हाम्रो विधार्थी हुन उनिहरुलाई मात्र सबै ले भाेट हाल्नु पर्छ सपाेत गर्नु पर्छ अखिल समाजवादी मा मतदान गर्ने लाई हामी छुट्टै दृष्टिकाेण ले हेर्छाै भनी धम्की दियर हाम्रो क्याम्पस हाे भनी दम्ब देखाएर अखिल समाजवादी मा आस्था राख्ने मात्र हाम्रा बिद्यार्थी हुन, उनले अगाडी लेख्छन्
हाम्रो क्याम्पस हाे हामी जसरी पनि जिट्छाै भन्ने र उनिहरुले चुनाव जित्नकाे लागि आफ्ना फेवरका समाजवादी मा आस्था राख्ने ८६ जना भन्दा पछाडि का ४६ जना सबै चुनावी माहाेल का लागि फम भरेर चुनाव लडे उनी हरुले फम भर्नु पढ्नु उनिहरुकाे अधिकार हाे तर मलाई लाग्छ उनीहरु पछि सम्म टिक्दैन पनि, किन भने उनिहरु दाङ काठमाडौं लिबाङ लगायत का कलेजमा स्ववियु मा निर्वाचित भयका फस्ट इयर सेकेन्ड इयर मा विएड मा अध्ययन गर्ने विधार्थी हुन।
उनी लेख्छन् अब उनिहरुले क्याम्पस जस्तो सार्वजनिक संस्थानमा यस्तो दम्ब देखाए भने मलाई लाग्छ क्याम्पस कालान्तर सम्म चल्न सक्दैन हाम्राे निर्विराेध निर्वाचित१ सदस्य र समाणुपातिक बात निर्वाचित २ सदस्यहरु लाई पनि स्ववियु समितिमा नपठाउने पनि यसै मार्फत जानकारि गराउन चाहान्छु अब देखि हाम्रो अखिल क्रान्तिकारी काे साथ सहयाेग र समर्थन साे क्याम्पस मा केही पनि हुने छैन भन्ने कुरा पनि प्रस्त पार्न चाहाँन्छु र मलाई साे समयमा मतदान गर्ने नगर्ने सम्पूर्ण बिद्यार्थी साथीहरू हाम्रो पार्टी काे नेतृत्व आदरणिय ब्यक्तित्वहरु शुभचिन्तक सम्पूर्ण मनहरुमा हार्दिक नमन तथा कृतज्ञता ब्यक्त गर्न चाहान्छु।त्याे क्याम्पसमा क्याम्पस प्रमुख र सञ्चालक समिति काे यस्तो गलत ब्यबहारकाे खेद व्यक्त गर्दछु।।।
धन्यवाद!!!
´क्याम्पस सबैको सार्वजनिक संस्था हो त्याहाँ बस्ने व्यक्तिले स्वतन्त्र पुर्वक सबै संघ /संगठन र राजनैतिक पार्टीसँग समान व्यावहार गर्नुपर्ने हुन्छ । यो क्याम्पस औपचारिक उद्घाटन भएको एक महिना दुई दिनपछि भएको चुनावमा जस्तो गरियो यसले यसको भबिस्य प्रति आत्मघाती भएको पुष्टि गरेको छ। यो क्याम्पस के स्ववियु बनाउनका लागी मात्र संचालन गरिएको हो ? त्यस्तै भयो । `भनेर एक स्थानीयले युगपोष्ट सँग बताए ।


