Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा असिना पानी पर्दा कृषि मा ठूलो क्षति, ७१८ रोपनीमा बाली नष्ट

रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा असिना पानी पर्दा कृषि मा ठूलो क्षति, ७१८ रोपनीमा बाली नष्ट

रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा असिना पानी पर्दा कृषि मा ठूलो क्षति, ७१८ रोपनीमा बाली नष्ट

रोल्पा, २०८२ बैशाख २८ / टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा असिना पानीले व्यापक कृषि क्षति पुर्‍याएको छ। २०८२/०१/१८ र २१ गते परेको असिनाले वडाभित्रका १५ वटा गाउँटोलमा बाली नष्ट पारेर ठूलो आर्थिक क्षति भएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार, असिनाले ७१८ रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। कुल १५ लाख ८४ हजार ४०२ केजी उत्पादन क्षति भएको अनुमान गरिएको छ भने आर्थिक रूपमा करीब ३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँ बराबरको नोक्सानी पुगेको कृषि शाखाको भनाइ छ। क्षति भएका बालीहरूमा गोलभेडा, खुर्सानी, भिडे खुर्सानी, काउली, बन्दा, मकै, गहुँ लगायतका अन्न तथा तरकारीबालीहरू…
Read More
माओवादी र नेसपाको एकता जेठ मसान्त सम्म हुने

माओवादी र नेसपाको एकता जेठ मसान्त सम्म हुने

नेकपा( माओवादी केन्द्र) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुङ्ग्याउने गरी सहमति भएको छ । शुक्रबार माओवादीका अध्यक्ष प्रचण्ड र यादवबिच खुमलटारमा आधा घण्टा लामो कुराकानी भएको स्रोतको दाबी छ । नेसपाको शनिबार शंखमुलमा बसेको कार्यकारिणी बैठकले पनि जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने निर्णय गरेको स्रोतले बतायो । यद्यपि माओवादीको फुर्को हटाउने विषयमा प्रचण्ड र यादवबिच कुरा मिलिसकेको छैन । पूर्वदेखि पश्चिम तराईलाई पार्टीमा एकताबद्ध बनाउनका लागि महाधिवेशनअघि नै माओवादी हटाउनुपर्ने मत राखेको बुझिएको छ । प्रचण्डले पार्टी एकताका लागि १४ महिना अगाडि नै सहमति भइसकेकाले अब सबै कुरा महाधिवेशनबाट नै टुङ्ग्याएर जाने…
Read More
नेतृत्वले कम्तीमा चिलको यी ६ कुरा कार्यान्वयन गर्ने कि

नेतृत्वले कम्तीमा चिलको यी ६ कुरा कार्यान्वयन गर्ने कि

ब्रह्माण्डकै चेतनशील प्राणी मानिसको नेतृत्व गर्न खोज्ने मानिसले कम्तीमा एउटा पक्षी चीलका यी ६ कुरा वा सिद्धान्त सिक्न जरुरी छ । अनुसरण गर्न आवश्यक छ । १. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्। तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन्।यसको अर्थ नेतृत्व संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन्। चील चीलहरूसँग उड्छ। राम्रो संगत राख्नुहोस्। आफ्नो वर्गका कार्यकर्ताको विस्वास गर्नुपर्छ । २. चीलहरूको सही दृष्टिकोण हुन्छ। तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। जतिसुकै बाधाहरू किन नहोस्, चीलले शिकारलाई नसमातेसम्म आफ्नो ध्यान शिकारबाट हटाउँदैन।यसको अर्थ नेतृत्वले दृष्टि राख्नुहोस् र…
Read More
घोराहीबाट रोल्पा तालाबाङ हिडेको बस दुर्घटना ,मानवीय क्षति भएको छैन ।

घोराहीबाट रोल्पा तालाबाङ हिडेको बस दुर्घटना ,मानवीय क्षति भएको छैन ।

दाङको घोराहीबाट रोल्पाको तालाबाङका लागि यात्रु लिएर हिडेको बस दुर्घटना भएको छ। दाङको घोराहीका लागि छुटेको ग.२ ख ११३२ नम्बरको बस घोराही बगालेमा दुर्घटना भयको छ । बस दुर्घटना हुदा बसमा सवार केही व्यक्तिलाई सामान्य घाइते भएका छन् । दुर्घटनामा कुनै मानवीय क्षेती भन्ने नभएको बताइएको छ । दुर्घटना हुनुको कारण केहि भने अहिलेसम्म खुलेको छैन ।
Read More
पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रता पूर्वक लेख्न पाउने अवस्था छ : प्रम ओली

पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रता पूर्वक लेख्न पाउने अवस्था छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताएका छन्। बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको गोरखापत्रले स्वतन्त्रतापूर्वक पत्रकारिता गरिरहेको बताएका छन्। उनले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको आरोप लगाए। उनले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताए। पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरू नै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताए। गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उनको…
Read More
अस्पतालबाट डिस्चार्ज भएर आफ्नो कामकाजमा फर्किए प्रचण्ड

अस्पतालबाट डिस्चार्ज भएर आफ्नो कामकाजमा फर्किए प्रचण्ड

काठमाडौँ —नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना भएका प्रचण्ड डिस्चार्ज भएर आफ्नो कामकाज फर्केका छन् । घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । उनलाई वार्डमा राखेर उपचार भएको थियो । अहिले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । उनको सचिवालयले भनेको छ "आफ्नो कामकाजमा फर्किसक्नु भएको छ उहाँका लागी चासो चिन्ता गर्नुहुने सबैमा धन्यवाद "
Read More
सामान्य चोटपटक पछी अस्पताल भर्ना भएका प्रचण्ड आज दिउँसोसम्म डिस्चार्ज हुने

सामान्य चोटपटक पछी अस्पताल भर्ना भएका प्रचण्ड आज दिउँसोसम्म डिस्चार्ज हुने

काठमाडौँ —नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। अहिले उनको अवस्था सामान्य छ। घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अहिले वार्डमा राखेर उपचार भइरहेको छ। 'अब उहाँको अवस्था सामान्य छ । उहाँले बिहानै घर जान्छु भन्नुभएको हो, तर दिउँसोसम्म डिस्चार्ज हुनुहोला,' स्रोतले बताएको छ।
Read More
पाकिस्तान विरुद्धको आक्रमण सटिक र सफल भएको भारतीय  दावी

पाकिस्तान विरुद्धको आक्रमण सटिक र सफल भएको भारतीय दावी

गए राति भारतले पाकिस्तानका ९ स्थानलाई निशाना साँधेर आक्रमण गरेको छ । उक्त आक्रमण सटिक र सफल भएको भारतीय पक्षले दावी गरिरहेको छ । तर, पाकिस्तानले भने भारतीय आक्रमणमा परी दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको बताएको छ । बीबीसीका अनुसार पाकिस्तानी सेनाले यस्तो जानकारी दिएको हो । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतीय आक्रमणमा मस्जिदसहित केही स्थानलाई निशाना बनाइएको बताएका छन् । उनले भनेका छन्, 'पाकिस्तानलाई भारतले गरेको यो आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ ।' उनले आफूहरूले एकजुट भएर भारतीय आक्रमणको जवाफ दिने पनि बताएका छन् । 'पूरा देश आफ्नो सेनाको साथमा खडा छ । हाम्रो मनोबल र…
Read More
नेकपा एमाले धनुषा जिल्ला अधिबेशनमा झडप हुँदा अध्यक्षको उम्मेदवार महासेठ घाइते

नेकपा एमाले धनुषा जिल्ला अधिबेशनमा झडप हुँदा अध्यक्षको उम्मेदवार महासेठ घाइते

नेकपा (एमाले) धनुषाको आठौँ जिल्ला  अधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि दुई पक्षबीच चुलिएको विवादले उग्र रूप लिएपछि झपड भएको हो । झपडमा अध्यक्ष पदका उम्मेदवार भोला यादवपक्षका सत्यनारायण महासेठ र महेश दास घाइते भएका छन् । महासेठ पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठका दाइ हुन् । त्यसैगरी, अर्को समूहका राजकिशोर यादव, लव अधिकारीमाथि कुटपिट गरिएको छ । झपडका क्रममा निर्वाचन समितिको कक्षमा रहेको कम्प्युटर, फोटोकोपी मेसिनसहित तोडफोड भएका छन्  । २० वैशाखदेखि सुरु भएको अधिवेशनमा दुई पक्षबीच नेतृत्वलाई लिएर कुरा नमिल्दा मंगलबार निर्वाचनमा जाने सहमति भएको थियो । सोही सहमतिअनुसार सोमबार राति उम्मेदवारी दर्ता भयो । सोमवार राति नै निर्वाचन समितिले…
Read More
जनयुद्धको इपिसेन्टर थवाङमा जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जाँदै

जनयुद्धको इपिसेन्टर थवाङमा जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जाँदै

जनयुद्धको उदगम स्थल थवाङमा जनयुद्धको सर्वोच्च कमान्डर तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जेठ ६ गते आउँदै छ्न। झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित हुँदै भखरै मात्र समापन गरेको माओवादीले जेठ २ गतेबाट "जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान" संचालन गर्दै छ् । जस अभियानै अन्तर्गत रोल्पाको थवाङमा आमसभा २०८२ जेष्ठ ६ गते हुने छ। त्यहीँ आमसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड आउन लागेको रोल्पा जिल्ला संयोजक रेशम पुनले युगपोष्ट सँग बताएका छन् । थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search