२९ आश्विन २०८० ०९:३५
२९ आश्विन २०८० ०९:३५
न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन् । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । यसैबिच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ । पीबीएस न्युज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही…