३० आश्विन २०८० ०८:५१
३० आश्विन २०८० ०८:५१
काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका…