२३ श्रावण २०८१ २२:३६
२३ श्रावण २०८१ २२:३६
२३ साउन, रोल्पा । ‘‘ मातृशिशु पोषण कार्यक्रम” अन्तर्गत लुङ्ग्री गाउँपालिका रोल्पाले सुत्केरी महिलाहरूलाई घ्यू वितरण गरेको छ। साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका वडा भित्रका १० जना महिलाहरूलाई बुधबार बडाचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमको बीच स्थानीय स्तरमा उत्पादित घ्यू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले जानकारी दिए । सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति १ केजीका दरले घ्यू वितरण गरिएको उनले बताए । उनका अनुसार आज ५ वडामा भएको छ यो कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ । स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूका लागि पालिकाले आगामी दिनमा ‘पोसिलो झोला’ कार्यक्रम ल्याउन लागेको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताए । उनले भने ‘…