Yug Post

अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले पाउनुपर्छ :विद्यार्थी नेताहरु

Advertisement

बाङ्ग्लादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन्।

“हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन,” विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन्।

उनले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भने, “हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ।”

समाचारसंस्था रोएटर्सले पनि युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ। उसका अनुसार हाल स्वास्थ्य उपचारका लागि फ्रान्सको प्यारिसमा रहेका युनुस “सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालै” स्वदेश फर्कने छन्।

विद्यार्थी नेताहरूले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्मको समयसीमा तोक्दै संसद् भङ्ग गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन्।

उनीहरूले आफ्ना मागहरू पूरा नभए “कडा कदम” चाल्ने चेतावनी दिएका छन्।

“हामी देशका विभिन्न स्थानमा भइरहेका आगजनी र साम्प्रदायिक हिंसाका घटनाहरूको भर्त्सना गर्छौँ।… यो आन्दोलन आफ्नो अधीनमा पार्न सक्ने मानिसहरूलाई रोक्न हामी तयार हुनुपर्छ,” उनीहरूले भिडिओमा भनेका छन्।

उनीहरूले आफूद्वारा प्रस्तावित अन्तरिम सरकारमा समाविष्ट हुने व्यक्तिहरूको नाम चाँडै सार्वजिन गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search