१४ कार्तिक २०८० ०८:३२
१४ कार्तिक २०८० ०८:३२
काठमाडौँ, १४ कार्तिक । परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबिचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमा पार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।