Yug Post

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले  एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको छ । आईतबार विहान जिल्लाको थवाङ गाउँपालिका वडा नं.-४ थापा खर्कमा ढुङ्गा र माटोले बनेको घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीले जानकारी दिए । घर्ति मगरलाई पहिरोले बगाएर करिव १५ मिटर टाढा लगेको र जनप्रतिनिधि, स्थानियको सहयोगमा शव निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको श्रीमति र छोरी अर्को गोठमा रहेकाले सुरक्षित रहेको र घरको भान्सा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ…
Read More
निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा

टेकराज भण्डारी, तुलसीपुर - उपमहानगरपालिका वडा नं ५ स्थित बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। परियार जागरण समाज तुलसीपुर, दाङको आयोजना तथा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल तुलसीपुर दाङको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ। जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको डा. उज्ज्वल मण्डल र डा. हस्नु राइनले बताउनुभयो। सुगर, प्रेसर लगायत अन्य रोगहरूको जाँच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्कीले यस्ता शिविरले नागरिकको स्वास्थ्यप्रति सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक परीक्षणको माध्यमबाट गम्भीर रोगहरूको समयमै पहिचान गर्न सघाउने बताउनुभयो।…
Read More
ओलिले रविबाट सुरु गरेको प्रतिशोध आर्जु सम्म लाई लिन्छन्  तर माओवादीलाई केही गर्न सक्दैनन् : वर्षमान पुन

ओलिले रविबाट सुरु गरेको प्रतिशोध आर्जु सम्म लाई लिन्छन् तर माओवादीलाई केही गर्न सक्दैनन् : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको र अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न नसक्ने पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।  ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला काँग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री  आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष…
Read More
गम्भीर ध्यानाकर्षण भएको भन्दै  माडी गाउँपालिका रोल्पाले  विज्ञप्ति जारी

गम्भीर ध्यानाकर्षण भएको भन्दै माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी

संयुक्त चार दलले विज्ञप्ति जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षण माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी गरेको छ। मितिः२०८२ आषाद ३० गते माडी गा.पा गाउँ कार्यपालिकाको बैठक ले वडा नं २ को अध्यक्ष ललित घर्ती संयोजक, वडा नं १ अध्यक्ष रोहित सिंह घर्ती र वडा नं ३ को अध्यक्ष बल बहादुर बुढा सदस्य रहने गरि ३ सदस्यीय छानबिन समिति गठन गरि सकेको थियो । तर नेपाल सरकारको संबैधानिक निकाए अख्तियर दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जमा दर्ता भैसकेकोले हामी त्यही निकाएले गरेको निरुपण स्वीकार गर्छौं । यहि विज्ञप्तिमा उल्लेख गरे अनुसार पालिकाले गल्ती नगरेकोमा विश्वस्त रहेको भाव बुझ्न् सकिन्छ । उता…
Read More
निगालपानी कृषि सहकारीले संघीय सरकारको सहयोगमा बनायो कोल्डच्याम्बर

निगालपानी कृषि सहकारीले संघीय सरकारको सहयोगमा बनायो कोल्डच्याम्बर

  रोल्पा, टेक मगर— त्रिवेणी गाउँपालिका–४, निगालपानीमा अवस्थित श्री निगालपानी कृषि सहकारी संस्था लि. ले कोल्डच्याम्बर स्थापना गरेको छ। यस सहकारीले संघीय सरकारबाट प्राप्त ७ लाख रुपैयाँ बराबरको बजेट सहयोगमा कोल्डच्याम्बर स्थापना गरिएको हो। सहकारीका अनुसार कोल्डच्याम्बर स्थापनासँगै कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य नाशिने वस्तुहरू लामो समयसम्म भण्डारण गर्न सहज हुनेछ। यसले कृषकलाई न्युन मूल्यमा उत्पादन बेच्नबाट जोगाउने र उचित मूल्यमा बजार प्रविष्ट गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ। हालसम्म ६ लाख ९९ हजार ९९९ रुपैयाँ ९७ पैसा बराबरको लागतमा कोल्डच्याम्बर बनाइएको सहकारीले जनाएको छ। यस योजनाबाट स्थानीय कृषकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने र कृषि क्षेत्रमा थप व्यवसायिकता…
Read More
प्रचण्ड खोज्दै खुमालटार पुगेका शेखरले  दुई घण्टा सम्म छलफल गरे

प्रचण्ड खोज्दै खुमालटार पुगेका शेखरले दुई घण्टा सम्म छलफल गरे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बीच दुई घण्टा लामो वार्ता भएको छ। केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् । दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगि रहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।…
Read More
प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन

प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन

माओवादी अध्यक्ष प्रचण्डद्वारा 'श्रम र उत्पादनमा वाइसिएल अभियान' उद्घाटन गरेका छन् । साउन १, काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा प्रचण्डले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरू सँग श्रम गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णय मार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख…
Read More
गोप्य अडियो सुजन लामाले यस कारण सार्वजनिक गरे

गोप्य अडियो सुजन लामाले यस कारण सार्वजनिक गरे

काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको गोप्य अडियो ३२ लाख घुस काण्ड यसरी बाहिरिएको थियो। पोखरा बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूसको पौसा जेब्रा झोलामा बोकेर एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामा र रमालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको मन्त्री क्वाटरमा पुगे तर लामाले रामचन्द्र मात्र भित्र पठाएँ, आफू बाहिरनै बसे र मन्त्री क्वार्टरबाट फर्कदा खाली आयो नै आए यसको अर्थ उनले बुझाएर आए मन्त्रीले बुझे स्पष्ट हुन्छ । बुधबार सार्वजनिक भएको अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा लामाले मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था…
Read More
चौतर्फी दबाब पछि घुस प्रकरणका मन्त्री गुप्ताले दिए राजिनामा

चौतर्फी दबाब पछि घुस प्रकरणका मन्त्री गुप्ताले दिए राजिनामा

काठमाडौँ — घूस अडियो संवाद पछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिएका थिए । त्यहीअनुसार गुप्ताले भर्खर प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।' केही दिनदेखि आफ्नो नाम घूस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै उनले भनेका छन्, 'कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ ।…
Read More
घोराहीको सिस्ने खोलामा लुकेर ट्राफिक चेकिङ भैरहेको देखेर भाग्न खोज्दा दुर्घटना भएर दुईको मृत्यु

घोराहीको सिस्ने खोलामा लुकेर ट्राफिक चेकिङ भैरहेको देखेर भाग्न खोज्दा दुर्घटना भएर दुईको मृत्यु

रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा ट्राफिक चेकिङ भैरहेको र चेकिङ चल्न भाग्दा दुर्घटनामा परेर दुई किशोरको मृत्यु भएको छ । ३१ असार, मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु भएको हो । रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search