Yug Post

गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

दाङ, ८ साउन । दाङको देउखुरीस्थित गढवा गाउँपालिका–५, जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा आज बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवक गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान २स्१५ बजेको समयमा भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास पुलबाट अनियन्त्रित भई तल खस्दा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् । दुर्घटनामा परेका दुबै जना राजपुर गाउँपालिका–२, बेला निवासी २८ वर्षीय जीवन विक र सोही ठाउँका २८ वर्षीय खुमबहादुर खड्का रहेका छन् । दुर्घटनापछि दुवैको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचार लमही र घोराहीका अस्पतालमा गरिएको भए पनि…
Read More
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः प्रचण्ड

गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक र सक्रिय रहेको बताएका छन् । आज यहाँ आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहमा उनले गणतन्त्र संरक्षणको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई पनि रहेको स्पष्ट पारे । माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएका उल्लेख गर्दै उनले ती अधिकार कसैले उल्ट्याउन नसक्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि अहिले विभिन्न किसिमका प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो र सरोकार रहेको धारणा…
Read More
रुकुम पुर्वमा बिषालु च्याउ खाँदा दुईको मृत्यु थप दुईजनाकाे उपचार हुदै

रुकुम पुर्वमा बिषालु च्याउ खाँदा दुईको मृत्यु थप दुईजनाकाे उपचार हुदै

रुकुम पूर्व – रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो । योजनको हिजो दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उहाँकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए । अस्पतालमा उपचार हुन…
Read More
बिषालु च्याउ खाँदा दुईजनाको ज्यान गयो,अन्य  थप दुईको उपचार हुदै

नेतृत्वलाई  तिर हान्ने  तरमारेका तीन नेता

नेतृत्वलाई तिर हान्ने तरमारेका तीन नेता

आफै प्रत्यक्ष अप्रत्यक्षरुपमा नेतृत्व गरेर राम्रोसँग तरमारेका तीन जना नेताले हिजो नेतृत्व भन्दै काठमाडौको एक कार्यक्रम आलोचना गरे । ती मध्ये घनश्याम भुसालले पुर्व नेतृत्व केपी ओलि र विप्लवले पुर्व नेतृत्व प्रचण्डलाई सकेजती आलोचना र आरोप लगाए । अर्का नेता जनार्दनले पनि त्यसरी नै नेतृत्व प्रचण्डको आलोचना गरेका छन् । यी तीन नेताहरूले यस्तो आलोचना गरिरहदा उनीहरुको बारेमा पनि अवश्य केही यक्ष प्रश्नहरू छन् । घनश्याम भुसाल घनश्याम किताबी ज्ञान राम्रो भएको तर अकर्मण्यताले अक्कर परेका मान्छे हुन् भन्ने नेकपा विभाजनको बेला देखिएको छ। अनि मन्त्री हुँदाको प्रस्तुति थाहा छ। मानौँ पहिले त केपिले रोकेका थिए अहिले त सानोठुलो जत्रो…
Read More
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

सुर्खेत – भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नाम/ठेगाना खुल्न सकेको छैन । भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।
Read More
मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ : विधा भण्डारी

मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ : विधा भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र आफ्नो पक्षमा बोल्ने नेता कार्यकर्तालाई संस्थापन पक्षबाट आतंकित पार्ने काम भएको बताएकी छिन् । मंगलबार भंगालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको दाबीसमेत गरेकी छिन् ।  अब खुट्टा कमाउने स्थितिमा नरहेको बताउँदै उनले भनिन्, ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।
Read More
तत्कालीन मन्त्री र दलाल सुजन लामा बिचको ´घुस डिल’ अडियो विधिविज्ञान प्रयोगशालाबाट सक्कली पुष्टि

तत्कालीन मन्त्री र दलाल सुजन लामा बिचको ´घुस डिल’ अडियो विधिविज्ञान प्रयोगशालाबाट सक्कली पुष्टि

काठमाडौँ — तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचकोकास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हड्प्ने ‘ डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ। अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् । ‘सार्वजनिक ओहोदाका पदाधिकारी एवं कर्मचारीलाई हातमा लिएर संगठित गिरोहले जग्गा खाने/मास्ने प्रपञ्चका साथ यो योजना बुनेको देखिन्छ,…
Read More
लुङ्ग्री खोलाको किनारमा युवकको शव फेला ,आसपासमा कोहि हराएको भए सम्पर्क गर्न अनुरोध

लुङ्ग्री खोलाको किनारमा युवकको शव फेला ,आसपासमा कोहि हराएको भए सम्पर्क गर्न अनुरोध

सुनिलस्मृति गाउँपालिका वडा नं २ लुङ्ग्री खोलाको किनारमा युवकको शव भेटिएको हो । सुनिलस्मृति गाउँपालिकाले दिएको जानकारी अनुसार अनुहार नचिन्ने अवस्थामा रहेको शव गलिसकेको अवस्थामा रहेको छ । इलाका प्रहरी कार्यालय खुङ्ग्रीका ईन्चार्ज सहितको टिम घटना स्थलमा पुगेर प्रहरी र नगर प्रहरी इन्चार्ज सहितको टिम आवश्यक सामाग्री सहित घटना स्थलबाट शव उठाएर पोस्टमाटमको लागी अस्पताल लगिएको छ। आसपास वा छरछिमेकमा कोही आफन्त हराएको वा सम्पर्कमा नभएको भए जानकारी गराउनुहुन सुनिलस्मृति गाउँपालकाले अनुरोध समेत गरेको छ।
Read More
वाइसीएलले तुल्सिपुरका आदर्श परियारको घर बनाउन सुरु

वाइसीएलले तुल्सिपुरका आदर्श परियारको घर बनाउन सुरु

वर्षातले घर भत्काएर घरबिहिन भएका तुल्सिपुरका आदर्श परियारको घर बनाउन वाइसीएल सुरुगरेको छ। ´श्रम तथा उत्पादनमा वाइसिएल` भन्ने दुई महिने अभियान अन्तरगत वाइसिएल नेपाल दाङ जिल्ला समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। त्यसै अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वाडा न. ३ दमार गाउँ निवासी आदर्श परीयारको केही दिन अगाडि वर्षातका कारण घर ढलेको थियो। उहाको आर्थिक अवस्था निकै कम्जोर भएकाले घरबनाउन सकिरहेका थिएनन् । आज लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्की (राजेश) घर निर्माणका लागी सिलन्यास गरेका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search