रोल्पाको नुवागाउँमा बोलेरो गाडि दुर्घटना हुँदा भदन-भण्डारी राजमार्ग सडक खण्डमा काम गर्ने स्काभेटर अपरेटरहरु घाइते भएका छन् ।
दाङको घोराहीबाट रोल्पाको भदन-भण्डारी राजमार्ग अन्तर्गतको माडीचौर घर्तीगाउँ सडकखण्डमा काम गर्ने स्काभेटर अपरेटरहरु चढेको म १ च ७२० नम्बरको डबल-क्याप बोलेरो गाडि आज शुक्रवार बिहान गाउँपालिका २ नुवागाउमा दुर्घटना भएको छ।
कृष्णपुर नगरपालिका २ कञ्चनपुरका २९ बर्षिय नरेन्द्र नाथ , दुर्घटनामा परि सुक्लाफाटा नगरपालिका १० कञ्चनपुरका ३६ बर्षिय रामेश जगौर, गेरुवा गाउँपालिका १ बर्दियाका ३६ बर्षिय बिनोद बिष्ट घाइते भएका छन् । घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको नुवागाउँ प्रहरीले युगपोष्टसँग बताएको छ।


