११ श्रावण २०८१ १५:२१
११ श्रावण २०८१ १५:२१
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागि मात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएका छन् । शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाभित्र बाँकी सबै पैसा तिर्नु पर्ने पनि बताए । यदि तीन महिनामा महसुल नतिरे प्राधिकरणले फेरि नियमानुसार लाइन काट्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन पनि उनले तीन दिनसम्म अडान छाडेनन् । तर त्यसपछि उनले सर्त सहित लाइन जोडिदिएका थिए ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ । तीन महिनाभित्र वक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ’, उनले भने, ‘त्यसअवधिमा उद्योगले…