Yug Post

फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको हुँ :उपचाररत क्याप्टेन मनिष रत्न शाक्य

Advertisement

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगेर उचाइमा लैजानै सकिएन ।` भनेर उपचाररत क्याप्टेन पाइलट मनिषरत्नले डाक्टर हरुसँग बताएका छन् ।जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटनामा परेको थियो ।
घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ ।
अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको अनुहार सहितका भागमा चोट लागेको छ । ‘उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू छन् । ढाडको एउटा हड्डीका साथै देब्रेतर्फका ३ वटा करङ पनि भाँचिएका छन्’, उनले बिहीबार भनेकी छन्, ‘अनुहार तथा नाक आँखाका चोटहरूको हिजै उपचार भइसकेको छ । हल उहाँको अवस्था सामान्य छ । जटिलता देखिएको छैन ।’
उपचारका क्रममै उनले केएमसीका डाक्टरहरूसँग घटनाको इतिवृतान्त सुनाएका छन् । केएमसीको न्यूरो आईसीयूमा उपचाररत उनी अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको थापाले बताइन् । उनकाअनुसार  बिहीबार बिहान डाक्टरहरूसँगको कुराकानीमा विमानस्थलको रनवेबाट उचाइ लिनेबित्तिकभै जहाजको नियन्त्रण गुमाएको बृत्तान्त उनले सुनाएका छन् ।

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगर उचाइमा लैजानै सकिएन । एक्कासि तल खस्न थाल्यो,’ शाक्यको भनाइबारे थापाले भनिन्, ‘जहाज अचानक तल झरेपछि मैले नियन्त्रण गुमाएँ । भुइँमा बजारिएसँगै मैले केही थाहा पाउन सकिनँ ।’

डाक्टरहरूसँगको कुराकानीका क्रममा उनले जहाज तल झरेसँगै आफूलाई एकै पटक एकदमै भारी वस्तुले थिचे जस्तो भएको बताएका छन् । उनले जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । शाक्यले ककपिटको प्वाँलबाट बाहिर निस्किने क्रममा आफूलाई कसैले तानेको याद भएको बताए ।

शाक्यलाई सुरक्षाकर्मीले कन्टेनरमा अड्किएको जहाजको ककपिटबाट बाहिर निकालेका थिए । जहाजको मुख्य भाग भने उक्त कन्टेनरबाट अझै तल गएर आगो सल्किएर जलेको थियो ।

यो घटनामा को-पाइलट सुशासन्त कटुवालसहित १८ जनाको मृत्यु भएको छ । थापाले शाक्यको शरीरभर चोट भएकाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी विशेषज्ञको निगरानीमा उपचार भइरहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search