Skip to main content

Yug Post

रानीकाेट पहिरोले मध्यपहाडी लाेकमार्ग अवरुद्ध

Advertisement

बुधवार साँझ झरेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग बन्द भएको छ । मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड बन्द भएको हो । सडक बन्द हुँदा रुकुमकोट बाट रुकुम पश्चिम, दाङ नेपालगन्ज तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा, र काठमाडौँ जाने गाडीहरू ठप्प भएका छन् ।

सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोटमा पहिरो झरेको छ । सडक माथिबाट ठुलो पहिरो झरेको कारण तत्काल सडक सञ्चालन गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । ‘सडक खुलाउन प्रयास गरिरहेका छौ एउटा जेसिबी मार्फत पहिरो पन्छाउने काम भइरहेको छ प्रजिअ शर्माले भन्नुभयो वर्षा भएन भने दिउँसो सम्म सडक सञ्चालनमा आउने देखिन्छ तर वर्षा भयो भने सडक खुल्ने सम्भव छैन, सानु सानु पहिरो झरिरहेको छ,’ उहाँले भन्नुभयो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको रानिकोट रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनीमा पहिरो झर्दा यात्रुले सास्ती पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search