९ मंसिर २०८१ २०:४१
९ मंसिर २०८१ २०:४१
काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त…