टेक मगर ,राेल्पा/रोल्पाको त्रिवेणी गाउँपालिका ३ मा चुनढुङ्गा उत्खनन उद्योगले विद्यालयदेखि स्थानीयलाई सम्म असर पार्दै आएको छ। खानी प्रभावित क्षेत्र नजिकै ४ वटा विद्यालय छन्। उक्त ४ वटा विद्यालयमध्ये एउटा विद्यालय प्रत्यक्ष रुपमा असर पार्दै आएको विद्यालय प्रशासनले बताएको छ। अन्य तीनवटा विद्यालयलाई ध्वनि प्रदूषण धुलोधुवा प्रदूषण आदिमा असर पार्दै आएको बताएका छन्। अहिले वर्तमान अवस्थामा अप्रत्यक्ष रुपमा असर पार्दै आए पनि भविष्यको लागि चिन्ताजनक रहेको विद्यालय प्रशासनहरुले बताएका छन्।
रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन गर्दा स्थानीयसँगै विद्यालयलाई पनि असर गरेको छ। विशेषगरी त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री सिद्धेश्वरी प्रा.वी राणागाउँ जङ्गडाँडामा निकै प्रभाव पार्दै आएको छ। उक्त क्षेत्रमा डोजरको ब्रेकरको असर नभए तापनि गाडी चल्दा ध्वनी प्रदूषण हुँदै आएको विद्यालय प्रशासनले बताएको छ। अहिले त्यति प्रभाव नपरेता पनि भविष्यको लागि ठूलो असर हुने भन्दै विद्यालय प्रशासन ले चिन्ता व्यक्त गरेको छ। एका तर्फबाट चुनढुङ्गा शिवम प्रा.लि र अर्का तर्फबाट रोल्पा सिमेन्ट प्रा.लि बीचमा विद्यालय हुँदा निकै कठिन हुँदै आएको छ। हावाको बेगले धुलो धुवा र ध्वनि प्रदूषण प्रत्यक्ष रुपमा भइरहेको छ। साथै पानी प्रदूषण पनि हुँदै आएको छ । अहिले वर्तमानमा धेरै असर नदेखिएता पनि भविष्यको लागि निकै चुनौतीपुर्ण हुने विद्यालय प्रशासनले बताएको हो। विद्यालयमा प्रतिकूल असर पनि परिरहेको छ। विद्यार्थीहरुलाई बर्षातकाे समयमा विद्यालय आउन जान कठिन हुँदै आएको छ। शिक्षाको मन्दिर पनि बिस्तारै कमजोर बन्दै गएको छ। विद्यालय सँग कुनै शर्तहरु नराखेर आफ्नो मनोमानीत ढङ्गबाट खानी सञ्चालन गर्दै आएको बताइएको छ। विद्यालयका विद्यार्थीहरू पढाइभन्दा गाडीतिर ध्यानाकर्षण गर्दै आएको विद्यालयले बताएको छ। निजी स्रोतबाट अहिले विद्यालय चलिरहेको छ। अहिले दुई वर्ष भयो अनुदान कोटाबाट विद्यालयलाई चलाइरहेको छ । भवनको विषयमा रोल्पाकै जीर्ण विद्यालय रहेको बताए, धुलोरहित ध्वनि रहित र धुवा रहित सँगै सडक पनि राम्रो बनाउन समेट विद्यालय प्रशासनले आग्रह गरेको छ।
त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका ४ स्थित जनकल्याण माविमा पनि ध्वनिसँगै धुलो धुवा प्रदूषण हुँदै आएको छ। अहिले वातावरण प्रदूषण भएको छ। विद्यालयसँगै वातावरणलाई पनि डोजरको ब्रेकरको ध्वनि, धुलो-धुवाले प्रतिकूल असर पर्दै आएको छ। विद्यालयलाई सहयोग भनेर ३ वर्ष पहिले रोल्पा चुनढुङ्गा प्रा.लि ले विद्यालयलाई ५ वर्षको लागि ५ लाख दिएको विद्यालय प्रशासनले बताएको छ। विद्यालयलाई सहयोग भनेर दिएको पाँच लाख रुपैयाँ अहिले निजी स्रोतको लागि शिक्षकहरुलाई तलब दिँदै आएको विद्यालय प्रशासनले बताएको छ। खानी सञ्चालनमा आउँदा विद्यालयमा पनि ध्वनि प्रदूषण हुँदै आएको छ।
त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका ४ मा रहेको श्री दुर्गा भवानी आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ४ रोल्पामा पनि प्रत्यक्ष रुपमा असर पार्दै आएको छ। दोजरको ब्रेकरको ध्वनीबाट ठूलो आवाज आउने भएको कारण पढाउनमा पनि कठिन हुँदै आएको विद्यालय प्रशासनले बताएको छ। विद्यालयलाई सहयोग भनेर सगरमाथा सिमेन्टले २ लाखको चेक दिएको विद्यालय प्रशासनले बताएको छ। विद्यालयलाई सहयोग भनेर उक्त रकम सगरमाथा सिमेन्ट प्रा.लि ले चेक दिएको बताइएको छ। अहिले विद्यालयका विद्यार्थीहरूलाई आवतजावतमा पनि धेरै समस्या हुँदै आएको छ। माथि डोजर चल्दा तलबाट हिँड्न पनि निकै नै कठिन हुँदै आएको छ। प्रभावित क्षेत्रका विद्यार्थी भन्छन् “विद्यालय आउन जानमा पनि निकै समस्या हुँदै आएको छ। माथि डोजर चलिरहेको हुन्छ हिँड्ने क्रममा बाटोमा ढुङ्गा झर्छ कि भन्ने ठूलो डर रहेको छ बीचमा खोला पनि छ बर्खाको समयमा माथिबाट लेदोसहितको पहिरो आउने गर्छ र उक्त पहिरो आउँछकि भन्ने डर पनी लाग्छ।”
हिउडमा धुलो धुवाले कठिन हुने र बर्खामा पहिरो आउँछ कि भन्ने डरले त्रसित हुँदै आएको विद्यालयका विद्यार्थीहरूले बताएका छन्। विद्यालयलाई चुनढुङ्गा प्रा.लि ले विनाशर्त रकम छुट्टाउँदा प्रश्नमाथि प्रश्न खडा हुँदै आएको छ। अहिले उक्त विद्यालयमा विद्यालयलाई भनेर छुट्याएको दुई लाख रुपैयाँ निजी स्रोतको लागि र विद्यालय भवन बनाउनको लागि प्रयोग हुँदै आएको विद्यालय प्रशासनले बताएको छ।
अहिले सगरमाथा सिमेन्ट र रोल्पा चुनढुङ्गाले विनाशर्त विद्यालयहरूमा विद्यालयलाई सहयोगको लागि भनेर रकम दिँदा प्रश्नमाथि प्रश्न खडा हुँदै आएको छ। उक्त प्रा.लि हरूले केका लागि दिए? र विद्यालयलाई कुन शीर्षकमा खर्च गर्दै आएको छ? भन्ने स्थानीय लाई थाहा नभएको र स्थानीय अन्योलमा हुँदै आएको स्थानीयले पनि बताएका छन्।
त्यस्तै त्रिवेणी गाउँपालिका ३ मा रहेको सरस्वती मा.वि लिङ्दुङमा पनि ब्रेकरको ध्वनिले प्रदूषण गर्दै आएको बताइएको छ। वर्तमान अवस्थामा अप्रत्यक्ष रुपमा असर पारिरहेको र त्यति धेरै असर नपारे तापनि भविष्यको लागि धेरै असर पार्ने विद्यालय प्रशासनले बताएको छ। रोल्पा सिमेन्ट प्रा.लिले केही सम्झौता गरे तापनि कार्यान्वयन भने नगरेको बताइएको छ। सम्झौताहरू के के भएका थिए भनेर सम्झौताको फाइल हेरेपछि मात्र थाहा हुने विद्यालय प्रशासनले बताएको हो। वर्तमान अवस्थामा अन्य विद्यालयको जस्तो असर नपरे पनि भविष्यमा ठूलो असर पर्न सक्ने भन्दै विद्यालय प्रशासनले चिन्ता व्यक्त गरेको छ।
चुनढुंगा उत्खननबाट गाउँले ले पनि निकै नै जोखिम मोलिरहेका छन्। स्थानीयको अनुसार विभिन्न प्रकारका सम्झौता गरेता पनि कार्यान्वयन भने गरेको छैन। तल्लो क्षेत्रमा बेचिएको ७ वर्ष भयो। तर ३ वर्ष यता खानी ले कुनै वास्ता नगरेको स्थानीयले जिकिर गरेका छन्। पुर्खौदेखिको सार्वजनिक वनजङ्गल धारा पढेरा मासिएको स्थानीयले बताएका छन्। पटकपटक आन्दोलन भएपनि विभिन्न समयमा आश्वासन दिँदै आएको बताइएको छ। पानीको पाइपहरू क्षतविक्षत छ । अहिले स्थानीयले स्वार्थको लागि मात्र सम्झौता गरिएको रहेछ भन्दै आफ्नो मागहरू राख्दै आएका छन्।
तिहार अगाडिसम्म २४ सै घण्टा खानी सञ्चालन हुँदा स्थानीयलाई कठिन हुँदै आएको पनि स्थानीयले बताएका छन्। तर तिहारपछि रातको समयमा खानी सञ्चालन नभएको बताइएको छ। स्थानीयका अनुसार दुई फुट हुनुको कारण क्रमागत समस्या भएको पनि उनले बताए। कसैले तलबाट सुरु गर्ने वा कसैले माथिबाट सुरु गर्ने भन्ने बीचमा पनि तनाव हुँदा सो समस्या उत्पन्न भएको पनि स्थानीय पलवीरले बताएका हुन्। स्थानीय सागर बिक भन्छन् खानी चलोस् खानी बन्द होस् भन्ने हाम्रो धारणा होइन। तर खानी चलोस् भन्ने हाम्रो धारणा हो। तर ३ वर्ष अगाडि लिखित रुपमा १० महिना भित्रमा हामीले सम्पूर्ण जग्गा उठाइदिन्छौ भनेका सो सम्झौताहरू कार्यान्वयन नहुँदा अहिले खानी उद्योगीहरु प्रति कुनै पनि विश्वास गर्न नसकिने पनि स्थानीय सागर बिक ले बताएका छन्। तिहारभन्दा अगाडि २४ सै घण्टा मिसिन चल्दै आएको बताइएको छ । बच्चालाई विद्यालय पढ्न पठाउन पनि निकै कठिन हुने गरेको बताएका हुन् । विद्यालयमा आफ्ना बालबच्चा पठाएता पनि घर र विद्यालय आउन जानमा बालबच्चाहरुलाई कठिन हुँदै आएको छ। खानी उद्योगले सम्झौता पूरा नगर्दा स्थानीयले शास्ती बेहोर्नु परेको उनले बताए। समन्वय समिति कम्पनीले नै बनाइदिएको उनले बताएका छन्।
स्थानीय एक युवकले भन्छन् “मैले त पेक्सी पनि पाएको छैन। मेरो जग्गा बिक्छ वा बिक्दैन अन्योलमै छ। पटकपटक कुरा राख्दा जग्गा बिक्ने कम्पनीले आश्वासन देखाएको छ।”
अहिले ३ वटा डोजरले काम गरिरहेका छन्। उक्त खानी बिहान ८ बजेबाट ५ बजे सम्म सञ्चालन हुँदै आएको खानीका एक व्यक्तिले बताएका छन्। डोजर ,टिप्परको चल्ने समय एउटै रहेको उनले जिकिर गरेका छन्।


